विशेष गरी सन् २००९ देखि २०१३ को अवधिमा यस्ता रोगमा बृद्धि भएको पाइएको हो । सोही तथ्यांकलाई मध्यनजर राख्दै दी कन्र्भसेसनमा एक लेख लेख्दै युनिर्भसिटी अफ शेफिल्डका डा. शारोन हिन्चक्लिफ प्रौढ तथा बृद्धाका बारेमा जोकोही खुलेर यौनसम्बन्धी छलफल गर्नुपर्ने बताउँछिन् ।आनन्दका लागि हस्तमैथुन र सम्भोगदेखि एसटीआई, उत्तेजित नहुने अवस्था र योनीको सुख्खापनका विषयमा जीवनको उत्तरार्ध विशेष गरी बुढेसकालमा छलफल गर्नु महत्वपूर्ण भएको उनी बताउँछिन् ।
त्यसो त ५० वर्ष काटेका मानिसहरु सम्भोग गरेको तस्बिर बिरलै देखिन्छ । न त त्यति माग नै हुन्छ । सेवानिबृत्ति मानिसहरुको आउँदै गरेको वार्षिक अवसर पारेर ४५ वर्षमा गरेका यौन दृश्यमा आधारित यौनसम्बन्धी दुर्लभ दृश्यसहितको एक चलचित्र पनि यहाँ सान्र्दर्भिक हुन सक्छ । सो चलचित्र हालै बेलायतमा सार्वजनिक भएको थियो ।
चलचित्र र अन्य केही अध्ययनअनुसार ७०, ८० को दशक र त्यो भन्दा बढी उमेर काटेका बृद्धबृद्धाको ठूलै संख्या नियमित यौन कार्य गरेको पाइन्छ । हालैको एक अध्ययन अनुसार ७० वर्ष पुगेका एक तिहाई मानिस महिनामा दुई पटक नियमित यौन सम्पर्क गरेको बताए ।तसर्थ हामीले यौनका बारेमा किन संकुचित दृष्टिकोण वा खुलेर छलफल नगर्ने ? यसै वर्ष प्रकाशित एक अध्ययन प्रतिबेदन अनुसार आफ्ना जोडी भएका मानिसहरुको जीवन अत्यन्त उच्च भएको पाइयो । जसको एउटै कारण थियो यौन कार्यमा दुबैको सहभागीता, तथापी केही अध्ययनहरुले सामाजिक सम्बन्धलाई पनि उत्तिकै जोड दिएका छन् ।
डेलीमेलका अनुसार पचास वर्ष माथिका मानिसहरुको यौन जीवनको बारेमा गरिएको अध्ययनमा आफूहरु अझै पनि यौनमा लिप्त रहेकाहरुले आफ्नो जीवनलाई निकै महत्व र उच्च मुल्यांकन गर्ने गरेको पाइयो । यौन सक्रियताकै कारण उनीहरुको जीवन निकै रमाईलो भएको पाईयो भने एकल जोडिमा केही निरसता देखियो ।कतिपय महिलाहरुमा उमेरले नेटो काट्दै जाँदा सम्भोगमा झनै आनन्दित भएको पाइयो । किनकी गर्भवती नहुने सम्भावनाले पनि उनीहरु खुलेर मस्त सम्भोग गरेको बताए । तर, यौनको बारेमा कुरा गरिरहँदा बृद्धबद्धामा यौनजन्य समस्या र रोगहरु देखियो । किनकी यसअघि बेलायतमा एसटीआई र अनावश्यक गर्भवती हुनबाट बच्न युवा युवतीहरुलाई विशेष कार्यक्रम लक्षित गरिए पनि पछिल्लो समयमा भने एसटीआईबाट बृद्धबृद्धा समस्यामा परेको दखियो । जसका कारण बेलायतमा बृद्धबृद्धालाई लक्षित गरी यौनसम्बन्धी सचेतनमुलक कार्यक्रम सञ्चालन गरिन थालिएका छन् । बेलायतको सेक्सुअल हेल्थ विकले बृद्धबृद्धामा यौन आनन्दलाई लक्षित गरी कार्यक्रम नै अयोजना गरेको छ ।