किन केटाहरु केटीहरुलाई जिस्काउन रुचाउँछन् ? किन कोही केटाहरुले केटीहरुको स्तनमा ध्यान केन्द्रित गर्छन् ?
केटा र केटी दुई बिपरित लिङ्गी मानवहरु हुन् । उनीहरु एक अर्काको उपस्थिती बिना अधुरा छन् । केटा मात्र र केटी मात्रले उनिहरु पूर्ण हुन सक्दैनन् । त्यसैले केटा र केटी एक अर्काप्रति प्राकृतिक रुपमै आकर्षित हुन्छन् ।
एक अर्काको उपस्थितिले हर्षित हुन्छन् ।
भेट हुने बित्तिकै जिस्काउने, रिसाउने तथा पछि मित्रता बढाउने एउटा सामाजिकता त्यतिखेर
सुरु हुन्छ । त्यसो हुनुको कारण विपरित लिङ्गी ब्यक्तिलाई आकर्षण गर्ने चाहना हो । तर जिस्क्याउँदा अरुलाई अप्ठेरो परेको छ भने त्यो चाहिँ दुव्र्यबहार वा हिंसा हुनसक्ने
भएकाले अरुलाई जिस्क्याउँदा विचार पुर्याउनुपर्छ । यसका साथै सामाजिक रुपमा बर्जित शब्द प्रयोग गरेमा कानुनी कारबाहि पनि हुने गर्दछ ।
सबै केटाहरु केटी देख्ने बित्तिकै स्तनमा ध्यान केन्द्रित गर्छन भन्ने कुरा गलत हो । कोहि केटाहरु केटी देख्ने बित्तिकै उनीहरुको स्तनमा आफ्नो ध्यान केन्द्रित गर्छन् ।
यसको
कारण स्तन एक यौन अङ्ग हुनु हो । स्तनसँगको स्पर्शले पुरुषमा यौन उत्तेजना जगाउने गर्दछ । त्यसैले नै केटी देख्ने बित्तिकै केटाहरुको आँखा पटक पटक केटीको स्तनतिर
जाने गर्दछ । यौनिक कुराकानी गर्दा भने यसो गर्दा फरक नपर्ला, तर सामाजिक वा सामुहिक कुराकानी भईरहँदा भने केटीलाई निकै अप्ठेरो महसुस भई हेर्ने ब्यक्तिप्रति
नकारात्मक भावना उत्पन्न हुन जान्छ । फेरी कसैलाई अप्ठेरो पर्नेगरी कसैको अङ्गमा हेरिरहनु राम्रो मानिदैंन र यस्तो हेराईले कहिलेकाहिँ सम्बन्धमा नकारात्मक असर पनि पर्न
सक्दछ । त्यसैगरी अर्को ब्यक्तिलाई अप्ठेरो लाग्ने गरी हेरिने हेराई उत्ताउलो वा असभ्य मानिन पनि सक्छ ।
-नेपाल परिवार नियोजन संघको किशोरावस्था पुस्तकबाट
