शक्तिशाली बाढीका कारण २२ जनाको ज्यान गयो !
चीनमा २० वर्षयताकै शक्तिशाली बाढीका कारण २२ जनाको ज्यान गएको छ। २० जना भन्दा बढी वेपत्ता भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
वर्षासँगै आएको बाढीले पाँच दिनमा अरबौँ रुपयौँ भन्दा वढी गुमेको बताइएको छ। बाढीले हेर्दाहेर्दै गुडिरहेका गाडी तथा घरहरु पूरै बगाएको छ। वाढीको जोखिममा परेका २ लाख मानिसलाई सुरक्षीत स्थानमा सारिएको सञ्चारमाध्यमले जनाएका छन् ।