बि. सं. २०७३ साल असार १० गते शुक्रवारको राशिफल
मेष राशिः
मेष राशि हुनेहरुको लागि आजकोदिन गोचरले राम्रो साथ दिएको छ । दीगो कार्यको थालनी गर्न सकिने सम्भावना छ । आफन्तीहरुको सहयोग मिल्ने हुनाले महत्त्वपूर्ण कार्य सम्पादन गर्नसकिने छ । वरिष्ठवर्गसँग संपर्क स्थापित हुनाले केही महत्त्वाकांक्षी मनोविज्ञान बढ्ने पनि सम्भावना देखिन्छ । व्यवसायले प्रसिद्धि पाउने छ । राजनीति, समाजसेवा तथा नोकरी आदि क्षेत्रमा पदप्रतिष्ठा तथा जिम्मेवारी थपिनसक्ने छ भने उपयुक्त मानसम्मान प्राप्ति हुनेछ । व्यापार व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिनेछ । प्रेमका पारखीहरुलाई पनि दिन अनुकूल एवं सम्मानित रहनेछ । आज यहाँलाई एक अङ्क, रातो रङ्गको प्रयोग र इन्द्रायणी देवीको स्तुति शुभप्रद हुनेछ ।
वृष राशिः वृष राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्यतया आफूभन्दा माथिल्लो निकायबाट केही दबाबपूर्ण व्यवहार नहोला भन्न सकिन्न तथापि दिन भाग्यप्रद रहने छ । मनमा सात्त्विक विचारले प्रसय पाउनाले धार्मिक एवम् आस्तिक भावना बलियो हुनेछ । आध्यात्मिक उत्प्रेरणाको बलले दैनिक व्यवहारमा समेत मद्दत पुर्याउने छ । व्यवसायिक कार्यमा सफलता मिल्नाले आँट बढ्नेछ । नोकरी आदिमा आएका अबरोधहरु पनि हट्ने र जिम्मेवारी एवम् भूमिका थपिने छ । आज यहाँको लागि नौ अंक, पहेंलो रङ्गको प्रयोग फापकर हुनेछ भने माँ सन्तोषीको भक्तिभाव तथा स्तुतिस्मरणको अभ्यासले अपयश जन्य स्थितिलाई हटाउन मद्दत हुनेछ ।
मिथुन राशिः मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन केही संघर्ष गर्न पर्ने खालको देखिएको छ । स्वास्थ्यमा समस्या आउनसक्ने ग्रहगोचर रहेकोले आहारविहारमा ख्याल पुर्याउनु पर्ला । शत्रुपक्ष सक्रिय हुनसक्ने र कार्यक्षेत्रमा पनि केही अबरोधको सामना गर्नुपर्ने हुनसक्छ जसको लागि सकारात्मक सोँचको विकास गर्नु तथा धैर्य र संयमको अभ्यास गर्नाले अन्तिममा केही सहज हुने देखिन्छ । सावधानि पूर्वक गरिने कार्यबाट केही लाभ पनि हुनेछ । आठ अंक, रातो रङ्ग आज यहाँको लागि शुभ रहनेछ भने बाधाबिघ्न निवारणको लागि दीनदुःखी तथा रोगीको सेवा गर्नु उपयुक्त हुनेछ ।
कर्कट राशिः कर्कट राशिका व्यक्तिहरुको लागि आजकोदिन यद्यपि विलासी प्रवृति बढ्ने गोचर परेको छ । तरपनि अभिष्ट चाहना पूरा गराउन केही अल्झनको सामना गर्नपर्ने देखिएको छ । तथापि दाम्पत्य सुखमा केही विकास हुनसक्ने छ । उन्मादि ऐयाशी जीवनशैलीको अभ्यास भने नहोला भन्नसकिन्न । व्यवसायबाट केही लाभ हुनेछ भने स्वजनमिलन र यात्राको सम्भावना पनि देखिएको छ । व्यापारकर्म तथा यात्रा आदिबाट सम्पादन हुने कार्यविशेषलाई ग्रहले उत्प्रेरणा दिएको छ । मुख्य कार्यमा आउने अल्झन तथा बाधा अबरोध हटाउन आज यहाँले गुरु बृहस्पति र भैरदेवको स्तुति गर्नु शुभप्रद रहनेछ ।
सिंह राशिः सिंह राशि हुनेहरुको लागि आजको गोचर व्यवसायबाट यथेष्ट लाभ हुनसक्नेछ । उद्यमको प्रख्याति बढ्ने हुनाले कामबाट सन्तुष्टि मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा विजय मिल्ने तथा सफलता मिल्ने हुनाले आत्मबल यथेष्ट बृद्धि हुनेछ । आरोग्यता र कान्ति बृद्धि हुनेछ भने मानसिक स्वास्थ्यमा दृढता पलाउनेछ । पेशागत विकास र सामाजिक क्षेत्रबाट पनि हैसियत अनुसारको प्रख्याति तथा प्रतिष्ठा लाभ गर्नसकिने देखिन्छ । इष्टकार्यको अन्तिममा आउने बिघ्नताको निवारणको लागि भने आज यहाँले माँ इन्द्रायणीको स्मरण गर्नु बुद्धिमानी हुनेछ त्यस्तै आज यहाँलाई हरियो रंग, छ अंक अनुकूल रहने छ भने विपक्षिको सम्मान गर्न जाने फाइदा लिन सक्नुहुने छ ।
कन्या राशिः कन्या राशि हुनेहरुको लागि आज विद्वतता प्रकट गर्ने अवसर मिल्नेछ । बुद्धिबलको माध्यमाबाट मान्छेहरुको मन जित्न पनि सफल भइनेछ । समयको सदुपयोग गर्नसके अध्ययन तथा लेखनमा प्रगति हुने हुनाले वद्यार्थी वर्गले दिनको बढी फाइदा उठाउन सकिनेछ । गृहस्थीलाई सन्तानपक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्रबाट पनि फाइदा उठाउन सक्नुहुने छ । आज पाँच अंक, रातो रङ्गको प्रयोग यहाँलाई फाप सिद्ध हुनेछ भने अनाथ शिक्षा क्षेत्रमा सहयोग गर्नु पूण्यप्रद हुनेछ । विद्यार्थीहरुको लागि माँ सन्तोषीको स्तुति विशेष फलप्रद हुनेछ ।
तुला राशिः तुला राशि हुनेहरुको लागि आज मनमा संकोचित विचार बढ्नाले सहकमीसँग विवाद हुनसक्ने कुरालाई ग्रहगोचरले लक्षित गरिरहेको हुनाले संयम रहन जरुरी हुनेछ । पारिवारिक कार्यभार बढ्नसक्ने कुरालाई नकार्न सकिन्न । अभावको विषयलाई लिएर पारिवारिक असन्तुष्टिको सामना गर्नपर्न पनि सक्नेछ । आज तपाईको पक्षमा अभिमत दिने समर्थकको अभाव खट्किन सक्ने भएकोले सम्बन्धित पक्षमा सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । धैयैधारणले नै प्रतिकूलता टार्नसकिने कुरालाई गुरु मन्त्र बनाउनु होला । आज यहाँलाई चार अंक, सेतो रङ्गको प्रयोग फापकर हुनेछ भने आमाको आर्शिवाद शुभकर हुनेछ । वृश्चिक राशिः वृश्चिक राशि हुने व्यक्तिहरुको लागिउद्यमकार्य सम्पादन गर्ने दिन छ । पुरुषार्थ बढ्ने र कामकार्यमा निकै मनलाग्ने छ भने विशेष कार्यको योजना पनि बन्नसक्ने छ । अभिष्ट सिद्धि तथा स्फुर्तिकर ग्रहयोग परेको देखिन्छ, समयको सदुपयोग गरेर अर्थात उन्मादि फुर्तिलाई संयम गरेर अगाडि बढेमा बा“की रहेको कार्य पूर्ण गर्नसकिने छ भने महत्त्वपूर्ण कार्ययोजना तथा विचारविमर्श हुने र व्यवसायिक लाभ प्राप्त गर्नसकिने छ । आज यहाँले भैरवदेवको सेवा आराधना गर्नु थप सफलता कारक हुनेछ भने हरियो रंग र तेस्रो क्रमसँख्यालाई ग्रहण गर्नु उपयुक्त हुनेछ ।
धनु राशिः धनुराशि हुनेहरुको लागि आजको दिनढुकुटी भर्ने तथा आर्थिक पक्षमा सुधार ल्याउने गोचर परेको छ । व्यवसाय तथा व्यापार आदि कार्यक्षेत्रमा तदनुसारको कार्यतर्जुमा गर्नु बुद्धिमानी हुनेछ । पेशा आदिबाट लाभ एवम् सफलता मिल्नाले हर्षोल्लास एवम् उत्साह बढ्ने छ । नयाँ नाता कुटुम्बिक सम्बन्ध विस्तार हुने एवम् साविकको सम्बन्धमा प्रगाढता आउने छ । सभासम्मेलन, गोष्ठी, बैठक, संभाषण, प्रवचन आदिमा आज यहाँको बोलीले मान्छेहरु प्रभावित हुने योग परेको छ । वाणीको सदुपयोग गर्नुहोला । परोपकार आदि कार्यमा पनि उत्साह एवं सहभागीता बढ्नेछ । आज यो राशि हुने कसैकसैलाई गुप्त धन मिल्नपनि सक्नेछ ।
मकर राशिः मकर राशि हुने व्यक्तिहरुको लागिआज गोचरप्रभाव अनुकूल रहेकोले मानप्रतिष्ठामा विकास हुनेछ । स्वादिष्ट परिकारको मेजमानी तथा मनोरञ्जन र भौतिक सुखसुविधा मिल्नसक्ने छ । उद्यमविषयमा चिन्तन एवम् व्यवसायिक उन्नति हुने र शुभेच्छुकसँग भेटघाट हुन पाइनेछ । सफलता र लाभले मानसिक शान्ति एवम् सन्तोष प्राप्ति हुनेछ । मनोरम तथा ईच्छित क्षेत्रको भ्रमण गर्ने मौका मिल्नसक्ने छ । किशोर किशोरीहरुको लागि प्रेमसम्बन्ध जोड्न अवसर मिल्नसक्ने छ । विवाहित तथा प्रेमप्रेमिका बीचको सम्बन्ध प्रगाढ बन्ने छ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग र माँ भुवनेश्वरीको सेवा भक्ति उपयुक्त हुनेछ ।
कुम्भ राशिः कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन आकस्मिक रुपमा खर्चका बहानाहरु बढ्ने र काममा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले संघर्षको सामना गर्ने मानसिक तयारीमा बस्नु उपयुक्त हुनेछ । प्रतिष्ठामा ह्रास भएको महसूस हुनसक्ने छ भने शंका एवम् मानसिक भए पैदा हुनसक्नेछ । कष्टकर दिनचर्याको अनुभूति भएपनि धैर्यधारण गर्नाले खतिक्षतिबाट जोगिन सकिने र आफ्नो कार्यमा लगनशीलतापूर्वक लाग्नाले केही हदेसम्म उपलब्धि हासिल गर्नसकिने छ । दीर्घ रोगीले स्वास्थ्यमा अल्लि बढी ख्याल पुर्याउनु पर्ला । आज यहाँलाई लागि तीन अंक, पहेंलो रङ्गको प्रयोग र त्याग वा दानको व्यवहार गर्नु उपयुक्त हुनेछ ।
मीन राशि: मीन राशिका व्यक्तिहरुको लागि आजको दिन आम्दानीकर देखिएको छ तथापि विशेष अपेक्षा गरेको अर्थोपार्जन वा उपलब्धि हुनलाई केही अबरोध भने हुनसक्ने छ । जसको निवारणको लागि गुरु गणेशको सेवाआराधना उपयुक्त हुनेछ । बाँकी क्रियाकलापमा गोचर ग्रहले राम्रै साथ दिएकै छ । सामान्यतया व्यवसायिक क्षेत्रबाट लाभ गर्न सकिनेछ भने अन्य पेशाको क्षेत्रमा पनि सफलता मिल्नेछ । इष्टजनसँग पनि भेट्घाट हुन र शुभसमाचार सुन्न पाइने दिन रहेको छ । अध्ययनको पक्षमा पनि गोचर प्रभाव सकारात्मक देखिन्छ । प्रेमसम्बन्ध पनि बलियो बन्नेछ । विशेष अपेक्षित उपलब्धिको लागि हनुमान शक्तिजागरणको साथमा माँ भुवनेश्वरीको श्रद्धाभक्ति गर्नु शुभप्रद हुनेछ ।