Latest Updates :

ओलीलाई भोट हाल्ने सांसदलाई गोली हान्ने धम्की

SHARE THIS POST :
२४ असोज, काठमाडौं । केपी ओलीलाई भोट हालेमा गोली हानिदिने एमाओवादीका केही मधेसी सांसदलाई धम्की आएको छ । एमाओवादी सभासद निशा साहलाई केपी ओलीलाई भोट हालेमा गोली हानिदिने भन्दै अज्ञात व्यक्तिले धम्की दिएको हो ।

 ‘मलाई मधेसतिरबाट फोनमा धम्की आयो,’ सांसद साहले भनिन्-‘ ओलीलाई भोट हालिस् भने मधेस आएका बेला गोली हान्छौं भनेर धम्की दिएका छन् ।’ निशालाई जस्तै एमाओवादी सांसद सोनिया यादवलाई पनि ओलीलाई भोट नहाल्न भन्दै फोनमा धम्की आएको थाहा भएको छ । ‘तर, जस्तै धम्की आए पनि हामी एमाओवादीका ८३ जना सभासदले पार्टीको निर्णयअनुसार पालना गर्नेछौं,’ सांसद निशाले अनलाइनखबरसँग भनिन् ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger