Latest Updates :

नायिका भन्छिन्, ‘पैसा लिएर धेरै पटक शारीरिक सम्बन्ध राखेँ’

SHARE THIS POST :
चर्चित अमेरिकी पत्रिका प्लेब्वाईमा न्युड फोटोसुट गराउने पहिलो भारतीय मोडल शर्लिन चोपडा फेरि एकपटक चर्चामा आएकी छिन् । हालै शर्लिनले आफ्नो जीवनको गोप्यता खोलेकी छिन् ।शर्लिनले यसअघि पैसा लिएर धेरै पटक शारीरिक सम्बन्ध कायम गरेको दाबी गरेकी छिन् । उनले ट्वीटरमा लेखेकी छिन्, केही समय पहिलेसम्म कयौं व्यक्तिसँग पैसा लिएर उनले सेक्स गरेकी थिइन् । यस्तो गर्न उनलाई आनन्द आउँथ्यो तर त्यो आनन्द क्षणिक थियो । उनका अनुसार उनलाई छिट्टै त्यसको कुराको आभास भयो, अब उनी पहिला भन्दा धेरै सुध्रि सकेकी छिन् ।

उनले ट्वीटरमा खुलेआम अहिले पनि पैसा दिएर शारीरिक सम्बन्ध बनाउने अफरहरु आईरहेको बताएकी छिन् । शर्लिन चोपडाले २ वर्षअघि आफ्नो नांगो फोटो ट्वीटरमा पोस्ट गरेर सनसनी मच्चाएकी थिइन् । त्यसपछि ट्वीटरले उनको एकाउन्ट लक गरिदिएको थियो, त्यसपछि शर्लिनले सार्वजनिक माफी मागेपछि पुनः उनको एकाउन्ट खुल्ला भएको थियो ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger