नेपालको हयाङ्गलु–६ रिगा गाउमा आफ्नै बाबुले गरे चार सन्तानको हत्या बिश्वास गर्न सक्नुहुन्छ.. बिश्वास लाग्दैन भने भिडियो हेर्न तल क्लिक गर्नुहोस
आमा बाबुको माया आफनो बालबच्चामा कति हुन्छ त्यसको वर्णन नै गर्न सायद कसैले सक्दैन ।आमा बुबाले बोलाएपछि बालबच्चाले आश मान्ने गर्दछन् त्यसमा पनि कोही बाबुले आफ्ना बालबच्चालाई फलफूल खान बोलाउँदा नजाने कुरै भएन । यो यस्तै आफ्ना बच्चालाई वनमा पाइने फल खान आऊ भनेर बोलाएको एक निर्दयी बाबुले फल खान आएका आफ्ना दुई छोरा र दुई छोरीलाई हत्या गरेको छ ।गत ९ गते हयाङ्गलु–६ रिगा गाउँका नरबहादुर रोकायाले आफ्नी श्रीमती घाँस काटन गएको र आफू गाउँको भतेर खान गएको र साँझ घर आउँदा आफ्ना चार बालबालिका हराएको भनी प्रहरी चौकी सुकाढिकमा खबर गरे । यसपछि प्रहरीले चार दिनसम्म खोजतलास गर्दा पनि पत्ता लागेन ।
प्रहरी चौकी कालै, इलाका प्रहरी कार्यालय रातापानी र जिल्ला प्रहरी कार्यालय मुगुबाट गएको थप प्रहरी तथा स्थानीय गाउँलेले गाउँ वरपर खोजबिन गर्दा केही पत्तो नलागेपछि धामी झाँक्रीसम्मलाई हेराए । केही धामीले भूतप्रेतले लुकाएको हुन सक्नेसम्म अड्कलबाजी गरे तर घरमै राक्षस भएको कसैले अनुमान गरेनन् ।आज बिहान रोकायाका छिमेकीकी छोरी कक्षा ४ अध्ययनरत नौ वर्षीया नबिनालाई प्रहरीले सोधेपछि घटनाबाहिर आयो । नबिनाले ९ गते बिहान ११ बजेतिर चार भाइबहिनी घरबाट निस्कँदै गर्दा कता जाने भनेर सोधेको र सुन्तलीले बुबाले खेतमा खरी नामक फल खान बोलाएको भनेको बताएपछि प्रहरीको शङ्का बाबुमाथि प¥यो र तत्कालै बाबु रोकायालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा जिन्दगीबाट रिस उठेर आफ्ना बच्चाको हत्या गरी वंश नाश गरेको स्वीकारे ।जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक लोकबहादुर जिसीका अनुसार रोकायाले आफ्नी नौ वर्षीया छोरी सुन्तली, छ वर्षीय छोरा युवराज, चार वर्षीया छोरी विपना र दुई वर्षीय छोरा दीप रोकायालाई खरी नामक फल खान बोलाई हत्या गरेर खेतमा खाडल खनेर चारै बच्चालाई राखी बाहिर ढुङ्गाको पर्खाल लगाएका थिए । हत्याराले बताएअनुसार गाउँबाट १०० मिटरको दूरीमा रहेको आफ्नै खेतमा बच्चाको लास फेला परेको थियो ।प्रहरीले हत्यारा रोकायाले वंश नाश गर्ने भनेर चारै बच्चा मारेको बताए पनि आफ्नै बच्चा किन मारे भन्ने थप खुल्न आएको छैन । सधँै आँखा अगाडि बोलेको रमाएको देखिने यी बालबच्चाको आँखै अगाडि लास देख्दा पूरै गाउँ शोकाकूल भएको छ । उनीहरु भनिरहेका छन् निर्दयी, पापीलाई मृत्युदण्ड दिनुपर्छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट पश्चिम उत्तरतर्फ तीन दिन पैदल यात्रामा
पर्दछ ।
Labels:
Featured
,
Video-Gallery
