Latest Updates :

‘गुगल ब्वाय’ भनेर चिनिने ४ बर्षिया आदित्य दाहालको अद्भूत क्षमताबारे नयाँ खुलासा ! भिडियो हेर्नुहोस

SHARE THIS POST :
भारतमा भेटिएका गुगल ब्वाय कौटिल्यले विश्वलाई अचम्मित पारिरहेको बेला नेपालमा पनि कौटिल्य भन्दा साना बालक भेटिएका छन् अद्भूत क्षमताका । काठमाडौँको चावहेलमा बसोवास गर्दै आएका ४ वर्षे आदित्य दाहालको दिमागी क्षमता साँच्चै नै अद्भूत छ ।आदित्यले अहिले सिंगो दुनियाँलाई नै छक्क पारिदिएका छन् ।उनको अद्भूत प्रतिभाका कारण दुनियाँका सामू दिन दिनै उनी स्टार झैं चम्किदै गएका छन् । उनीसंग स्मरण शक्ति यति छ, जसको अगाडि दुनियाँको जो कोहि पनि हैरान हुनु स्वभाविक छ । उनमा यस्तो स्मरण क्षमता छ कि उनले एकचोटी भेटेका जो सुकै मान्छेको नाम र उनीहरुका पेशा सम्झिन सक्छन् ।त्यसो त आफै उभिन र हिडडुल् गर्न समेत नसक्ने आदित्य दाहाल भुत, बर्तमान र भविष्य पनि बताउन सक्छन् । उनि बोल्न सक्दैनन् तर लेख्न भने सक्छन् । उनलाई उनका बाबुरआमाले लेख्न सिकाएका हुन् । अचम्मको कुरा त के छ भने यी बालक अझै विद्यालय गएका छैनन् ।

त्यसैले बिद्यालय गएपछि झन् उनको प्रतिभा कसरी विकास हुने हो अहिले सबैको प्रतीक्षा यहि छ । अहिले चाहिँ उनका आमा बाबु गिनिज बुकमा नाम लेखाउने अभियानमा जुटेका छन् ।यो कुनै दन्त्यकथा होइन । एक अलौकिक बालकको सत्यकथा हो, जसलाई आफ्नै आँखाले नदेख्दासम्म पत्याउन मुस्किल पर्छ । चार वर्ष आठ महिनाको अबोध बालकसित संसारका अनेक जटिल प्रश्नहरूको उत्तर छ । बोल्न र हिँड्डुल गर्न नसक्ने, कहिल्यै विद्यालय नगएको यो शिशु बसी–बसी तपाईंका हरेक प्रश्नको जवाफ कलमले लेखेर दिन्छ । भूत, भविष्य वा वर्तमान, सबै कुरा उसको कलिलो मस्तिष्कमा अटेको छ google boyसुरुमा उनको ज्ञान परीक्षण गर्न धेरैले सामान्य ज्ञानका प्रश्नहरू सोध्थे । नेपालका पहिलो प्रधानमन्त्री को हुन् भन्नेदेखि फाउन्टेन पेनको आविष्कार कसले गरे भन्नेसम्मका प्रश्नको सही जवाफ उनले दिँदै गए । इतिहासदेखि भूगोलसम्म, गणितदेखि विज्ञानसम्म, धार्मिक ग्रन्थदेखि चलचित्रसम्म जे विषयमा सोधिए पनि आदित्यले चामत्कारिक ढंगले सही जवाफ दिँदै गए ।वेद, उपनिषद्का श्लोकहरू पनि लेख्न भ्याए । नेपाली र अंग्रेजी मात्रै होइन, चाइनिज, कोरियन, रसियनलगायत लिपिमा पनि लेखेर उनले प्रमाणित गरिदिए कि दुनियाँका कुनै पनि चिज उनको कलिलो मस्तिष्कभन्दा बाहिर छैनन् । आफूलाई भेट्न आउनेहरू को हुन्, उनलाई पहिल्यै थाहा हुन्छ । एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल भेट्न जाँदा उनकी आमाको नाम लेख्न लगाइयो । आदित्यले ‘मधुमाता’ लेखिदिएपछि खनाल चरम आश्चर्यभावसहित मुस्कुराए । मुख्यसचिव लीलामणि पोडेल भेट्न जाँदा आदित्यले लेखे, ‘बागमतीमा सफाइ होइन, फोहोर फाल्न बन्द गरौँ ।’पूर्वमुख्यसचिव माधव घिमिरे पुग्नासाथ आदित्यले कागज मागेर लेखे, ‘माधव सर नमस्कार †’ तिनै घिमिरेले आदित्यसित लिखित प्रश्न सोधे, ‘अब मैले के गर्दा राम्रो हुन्छ रु’ आदित्यको जवाफ यस्तो थियो, ‘ध्यान गर्नुस्, बाटो आफैँ भेट्नुहुनेछ ।’ स्वास्थ्य परीक्षणका लागि वीर हस्पिटल लैजाँदा उनले अंग्रेजीमा लेखिदिए, वीर हस्पिटल इज डर्टी प्लिज मेन्टेन इट सिरियसली । सहरी विकासका सचिव डा। अर्जुन कार्की आउनासाथ उनले लेखे, ‘अर्जुन सर, सहर सफा राखौँ ।
कहिलेकाहीँ आदित्यले दिने जवाफ कूटनीतिक र घुमाउरा पनि हुन्छन् । नेपाल हिन्दू राष्ट्र हुन्छ कि हुँदैन रु भनेर सोधिएको प्रश्नमा उनले जवाफ दिएका छन्, ‘जनमतसंग्रह गरौँ । ’ नेपालमा लोडसेडिङ कहिले अन्त्य हुन्छ भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘नेताहरू बोल्छन् मात्रै काम गर्दैनन् ।’ तिमी यो संसारमा आउनुको कारण के हो भनेर प्रश्न गर्दा उनले लेखे, ‘नट नाउ, पछि कुरा गरौँला ल †’ नेपालमा नयाँ संविधान कहिले बन्छ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘नेताहरूको झगडा मिलेपछि २०७२ भित्र ।’ सुशील कोइरालापछि नेपालको प्रधानमन्त्री को होला भन्ने प्रश्नमा उनले केपी ओलीको नाम लेखिदिएका थिए । उनको ज्ञान परीक्षण गर्ने आशयले कसैले डा. बाबुराम भट्टराई र हिसिला यमीको बिहे कहिले भएको हो भनेर सोध्दा उनले जवाफ दिए, ‘भो, आज लेख्दिनँ ।’आफ्नोबारेमा पनि आदित्यले लेख्ने गरेका छन् । एक प्रश्नमा उनले आफू १२ वर्षको भएपछि विश्वले आफूलाई चिन्ने उद्घोष गरेका थिए । अद्भूत क्षमता भएका बालक आदित्य दाहालको अहिले  अमेरिकामा  उपचार भैरहेको छ
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger