अब पनि एक-अर्काको मुख हेररनै बस्ने भर्खरै भारतले नेपालमाथि हवाई फायर गरियो दर्जनौ नेपाली घाइते साथसाथै बाइकमा आगजनी
वीरगन्जको पिपरामा शनिवार राति स्थानीयवासी र प्रहरीबीच झडप हुँदा प्रहरीले १५ राउण्ड अश्रु ग्याँस र २४ राउण्ड हवाइ फायर गरेको छ ।प्रहरीले सानो पिपरा र ठूलो पिपपरा दुबै टोलको घर घरमा पसेर स्थानीयलाई कुटपिट गरेको स्थानीयबासीले बताएका छन् ।झडपका क्रममा प्रहरीले ठुलो पिपरा टोलबाट तीनजना स्थानीय युवकहरुलाई नियन्त्रणमा लिएको छ । वीरगन्जबाट पेट्रोल र डिजेल ओसार्ने सवारी साधनलाई रोक्न सानो पिपरा चोकमा बसेका स्थानीय युवकहरु र प्रहरीबीच झडप भएको हो ।वीरगन्जबाट ग्यालेनमा पेट्राल लिएर जाँदै गरेको ना १२ प ४९७४ नम्बरको मोटरसाइकललाई स्थानीय युवकहरुले रोक्ने क्रममा उक्त मोटरसाइकलकै ठक्क्रबाट सानो पिपराका अवधेश पटेलको खुटटा भाँच्चिएपछि आक्रोशीत स्थानीयवासीले चालकलाई कुटपिट गर्दै मोटरसाइकलमा तोडफोड गरेका थिए चालक कुट्नेहरुलाई खोज्ने क्रममा गाँउमा पसेको प्रहरीले घरघरमा पसेर कुट्न थालेपछि स्थानीयबासीले पनि प्रहरीमाथि ढुगामुढा गर्दा प्रहरीले अश्रु ग्याँस र हवाइ फायर गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
तर पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले भने स्थानीय केही युवकहरुले मोटरसाइकलमा तोडफोड र आगजनी गर्ने क्रममा प्रहरीले रोक्न खोज्दा प्रहरी माथि नै ढुंगामुढा प्रहार भएपछि स्थिती नियन्त्रणमा लिनका लागि १०-१२ राउण्ड हवाइ फायर र केही राउण्ड अश्रुग्यास प्रहार गर्नु परेको बताए ।आन्दोलनकारीको ढुंगामुढा प्रहारबाट प्रहरी नायव निरीक्षकसहित पाँच जना सुरक्षाकर्मी घाइते पनि भएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।मोटरसाइकलको ठक्करबाट घाइते भएका पटेलको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । यसैबीच वीरगन्जको पिपरामा आइतवार बिहान स्थानीयवासीको समुहले एउटा मोटरसाइकलमा आगजनी गरेको छ ।वीरगन्ज चिनी मीलस्थित पिपरा चोकमा बिहान आठ बजे स्थानीयवासीले ना १३ प १०१ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन् ।आगजनीबाट मोटरसाइकल जलेर पुर्ण रुपमा ध्वस्त भएको छ । आगजनी गरिएको मोटरसाइकल वीरगंज १ छपकैया निवासी सागिर अन्सारीको रहेको बताइएको छ ।मोटरसाइकलमा आगजनी गर्ने क्रममा मोटरसाइकल चालक अन्सारीको खुटटा आगोले पालेको छ । पिपरामा शनिवार राति प्रहरीले घर घरमा पसेर कुटपिट गर्नुका साथै गोली चलाएको आक्रोशमा पिपरामा आइतवार बिहान स्थानीयवासीले मोटरसाइकलमा आगजनी गरेका हुन् ।