Latest Updates :

उदयपुर शिक्षा कार्यालयका लेखापाल महेश पन्तले १६ वर्षीय बालिका माथि याैन दुर्ब्यवहार गरे पछी .. पुरा पद्नुस

SHARE THIS POST :

 जिल्ला शिक्षा कार्यालय उदयपुरमा कार्यरत लेखापाल महेश पन्तले एक बालिकामाथि दुव्र्यवहार गरेको आरोपमा कार्यालय परिषरबाट प्रहरी खोरमा पुगेका छन् । त्रियुगा नगरपालिका २ कि एक १६ वर्षीय बालिका माथि गरेको यौन दुव्र्यवहार बाहिर सार्वजनिकभएपछि पन्त प्रहरी फन्दामा परेका हुन् । 

पसलमा कोही नभएको मौकाछोपी पन्तले शुक्रबार बालिकाको संवेदनशिल अंगमा छोएर बालिकामाथि करणीको प्रयास गरेको अभिभावकले बताएकाछन् । घटनापछि पन्त बस्ने डेरामा पुगेका अभिभावकले उनलाई फेला नपारेपछि अभिभावक सोमबार कार्यालयमा पुगेका थिए । कार्यालय पुग्नसाथ पीडितका अभिभावकले होहल्ला गर्न थालेपछि घटना वाहिर आएको हो ।

कार्यालय समयमा पुगेका अभिभावकले पन्तमाथि हातपातको प्रयास गर्न लाग्दा भागेर कार्यालय प्रमुखको क्वाटरमा पुगेका थिए । क्वाटर भित्र पसेका पन्तलाई प्रहरीले तत्काल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । आरोपित विरुद्ध अभिभावकले सोमबार नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन ।
पन्तले यस अघि पनि आफ्नै घरमा काम गर्ने एक बालिका माथि समेत यौन शोषण गरेको आरोप लागेको थियो, यता जनस्वास्थय कार्यालयमा कार्यरत हुदा पनि त्यहाँ कार्यरत महिला कर्मचारी माथि यौन दुव्र्यवहार गर्ने गरेको पन्त माथि पटक पटकको आरोप छ
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger