आफू डा सुहाना भएको तथा डिआईजी सनत केसीको छोरी सृष्टि भएको भन्दै उनले ठग्दै आएको प्रारम्भिक अनुसन्धानबानट खुलेको प्रहरीले बताएको छ ।प्रहरीका अनुसार उनले ठगी गर्नको लागि डा सुहाना केसी नामको फेक आईडी, फेक भाईवर नम्बर प्रयोग गर्नुका साथै विभिन्न व्यक्तिहरुको कागजपत्र र फोटो राखी एनटीसी र एनसेलको प्रयोग गर्दै आएकी थिइन् ।
यस्तै विभिन्न होटलमा गई डिआईजी केसीको छोरी भएको परिचय दिई होटलको बिल नतिरी ठगी खाने गरेको, र त्यसका लागि केसी बनेर अन्य व्यक्तिहरुलाई फोन गर्न लगाउने समेत खुल्न आएको छ । यसो त पोखराका विभिन्न अस्पतालहरुमा डाक्टर बनि बिरामीलाई चेकजाँच गरेको बाहाना बनाउनका साथै डाक्टरहरुलाई समेत बिवाहको बहानामा ठगी गरेको प्रहरीको दाबी छ , पछि पोखराको स्थानीय पत्रिकामा उनको ठगी धन्दाबारे समाचार आएपनि त्यहाँबाट भागेर काठमाडौं छिरेकी थिइन् । प्रहरीका अनुसार उनको सम्पर्क नम्बर मात्रै ९ ओटा रहेको छ । प्रहरीले उनलाई आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी परिसर काठमाडौं पठाएको छ ।
