Latest Updates :

शिक्षक र छात्राको सेक्सगफ बजारभर छयाप्छयाप्ती

SHARE THIS POST :
प्रगति उच्चमावि हेटौँडाका शिक्षक टेकप्रसाद पौडेलले आफ्नै विद्यालयका कक्षा १० की १६ वर्षीया छात्रासँग गरेको सेक्सगफ यतिखेर हेटौँडा बजारमा छयाप्छ्याप्ती बनेको छ । नेकपा माओवादीका कार्यकर्ताले यो सेक्सगफका आधारमा पौडेललाई पक्रेर प्रहरीमा बुझाएपछि सबैको मोबाइलमा शिक्षक र छात्राको सेक्सगफ पुगेको हो ।

अहिले हेटौँडा बजारमा सबैको मोबाइल भाइरलका रुपमा शिक्षक र छात्राबीचको गफ पुगेको छ भने स्थानीय पत्रिका र अनालइनमा पनि उनीहरुकै सम्वाद आएपछि परिवारजन भने समस्यामा परेका छन् । प्रहरीले शिक्षक पौडेललाई हिरासतमा लिएको छ भने छात्रालाई उपचारका लागि भरतपुर, चितवन पठाएका छन् ।
उनीहरुबीचको सम्वाद भनेर नेकपा माओवादीका कार्यकर्ताले सार्वजनिक गरेको सेक्सगफ यस्तो छ :
छात्रा : हेलो
शिक्षक: अँ, भरखरै घर आइपुगेको थिएँ । अनि के छ खबर ?
छात्रा: ठीकै छ ।
शिक्षक: अनि भोलि के हुन्छ ?
छात्रा: भोलि आउँछु होला, आउँछु
शिक्षक: कति बजे ?
छात्रा: समयचाँहि खै थाहा छैन ।
शिक्षक: सकेसम्म चाँडो आउनु ल ।
छात्रा: हुन्छ ।
शिक्षक: आज कति तीन कि चारदिन भयो ?
छात्रा: तीन ।
शिक्षक: भोलि सहज हुन्छ नि ?
छात्रा: खै ?
शिक्षक: हुन्छ होला नि, थाहा हुँदैन आफुलाई ?
छात्रा: हुँदैन होला, कहाँ हुन्छ त ?
शिक्षक: ब्लिडिङ भइरहेको हुन्छ त ?
छात्रा: हुन्छ ।
शिक्षक: कि पर्सि आउने त ?
छात्रा: बुधबार त्यसो भए ।
शिक्षक: भोलि पनि र बुधबार पनि आउन मिल्दैन ?
छात्रा : भोलि मिल्दैन, बुधबार हुन्छ ।
शिक्षक: बुधबार आउन, भोलि फेरि गाह्रो हुने हो कि ?
छात्रा: हुन्छ ।
शिक्षक : घरबाट आउने कुरामा सहमति भयो ?
छात्रा : हुन त भा’को छैन ।
शिक्षक: अनि कसरी आउने त ?
छात्रा: अब भन्दैछु ।
शिक्षक: भोलिलाई भनेको छ कि बुधबारलाई भनेको छ ?
छात्रा: अब जहिले हुन्छ तहिले गर्ने ।
शिक्षक: अनि कसलाई भनेको त ?
छात्रा: भन्न त ममीबुबा दुवैलाई भनेको छु । ममीबुबाले पर्दैन भनिरहनु भएको छ भन्न त अहिलेसम्म ।
शिक्षक : कस्ता मान्छे है, मलाई एकदम सहयोग हुन्छ, कस्तो मज्जाले बुझ्नेगरी पढाउनुहुन्छ भन्नु पर्दैन त मिलाएर ?
छात्रा: भनेको हो भन्न त ।
शिक्षक: अनि के भन्नुहुन्छ त ? कतै नजा भन्छन् ?
छात्रा: तँ बिरामी छेस, किन जानु पर्यो त भन्नुहुन्छ
शिक्षक: हैन मलाई धेरै फाइदा हुन्छ सरले कत्ति उ । गर्नु हुन्छ । नौ मा पनि एक दुई दिन पढेको हो । मलाई एकदम सहयोग हुन्छ भन्नुपर्छ क्या ।
छात्रा: अँ प्रतिमाको दाईसँग पनि पढिराकी छेस्, उता किन जानुपर्यो ? एक्लै हिँड्नु पर्दैन, ढल्छेः भनिरहनु भा’को छ ।
शिक्षक: ढल्दिनँ भन न, म टेम्पोमा आउँछु, अनि बेलुका आँउदा सरले ल्याइदिनु हुन्छ भन्नु के‘
छात्रा: अब त्यही भन्नु पर्ला
शिक्षक: अनि सुन न, भोलि नै त्यो गर्दा झ्याउ हुने हो कि ? भइरहन्छ त्यस्तो ?
छात्रा: अँ सात दिनसम्म हुन्छ ।
शिक्षक: हो र ?
छात्रा: अँ ।
शिक्षक:त्यसो भए बुधबार नै गरौँ क्यारे । हुन्छ ?
छात्रा: हुन्छ भन्नुपर्यो ।
शिक्षक स भन न के गर्ने ? तिमी आफैँ भन ।
छात्रा: खै घरमा सोध्छु, जा भन्ने अनुमति मिल्यो भने आइहाल्छु ।
शिक्षक: अनि दिएनन् भने एकचोटी आऊ है ?
छात्रा: कोसिसचाँहि गर्छु ।
शिक्षक: कि भोलि मिल्छ त ?
छात्रा: अँ भोलि त म आँउदिन छोडदिनु अँ‘
शिक्षक: भोलिलाई नै भनिसकेको त हैन नि ?
छात्रा: छैन ।
शिक्षक: त्यसो भए बुधबार आउन त ।
छात्रा स अँ, हुन्छ, सकेसम्म आउने कोसिस गरिहाल्छु ।
शिक्षक: हैन, त्यसो भन्न हुन्न एकचोटि त जसरी नि ।
छात्रा: अनि म्याम आउनु भयो त ?
शिक्षक: आज आए भोलि जान्छे नि त । बुझ्यौ ?
छात्रा: आइसक्नु भयो घरमै ?
शिक्षक: अँ अँ अँ भोलि जान्छिन् के । बुझेनौ कुरा ? अ? प्रोबलम हुदैँन, के बुझ्यौ कुरा ?
छात्राः अँ अँ हुन्छ ।
शिक्षक: के गर्ने ? भोलि नगर्ने ? बुधबार आउने त ?
छात्रा: हुन्छ ।
शिक्षक: बुधबार म जान्न है त स्कुल है ?
छात्रा: म भन्छु नि त ।
शिक्षक: फोन गरेर बेलुका भन ल त ?
छात्रा: प्रतिमा आँउदिन रे ।
शिक्षक: हो, राम्रो भो, झन राम्रो भो, नआएकै ठिक भो, ठिक भो, मनको कुरै हुँदैन क्या । अति आइडियाह? दिनुपर्छ मैले । अ? भा’को भए त टेनसन हुन्छ हो कि होइन भन त ?
छात्रा: अँ अँ अँ‘
शिक्षक: होइन एक्जामको कुरा पनि धेरै भन्न बाँकी छ । त्यसले गर्दा झ्याउ हुन्छ क्या ।
छात्र: ममीले जाने भए जा, सन्ध्या लिएर जा भन्दै हुनुहुन्थ्यो ।
शिक्ष : अँ पर्दैन झ्याउ ।
छात्रा : तैपनि भन्नचाँहि भनेको छैन ।
शिक्षक : सरले स्वेच्छा तरिकाले पढाउनु हुन्छ, तपाईंले गलत सोचेको भए, त्यस्तो सोच्नु पर्दैन भन न, के है बुझ्यौ ।
छात्रा : अँ बुझेँ ।
शिक्षक : करियर बनाउने साइडमा एउटा मान्छे चाहिन्छ । अनेक आएडिया हुन्छ क्या । हामीसँग एउटा मान्छेले प्रभाव पारेपछि अर्को मान्छेले पनि प्रभाव पार्छ क्या । त्यस्तो हो नि हो कि होइन, होइन
छात्रा : मनिषले फोन गरेको थियो आज ।
शिक्षक: कस्ले ?
छात्र : मनिषले ।
शिक्षक: के भनेर नि ?
छात्रा : प्रपोज हानेको थियो ।
शिक्षक: के भनेर नि ?
छात्रा : के भनेर हुनु नि त्यही भनेर नि ।
शिक्षक: ए बुझेँ बुझेँ ।
छात्रा : केही पनि भनेको छैन भन्नचाँहि ।
शिक्षक : अनि, ए, तिमीले नम्बर दिएको त्यसलाई ?
छात्रा:  मैले द्या हैन, मनिषको बर्थडेमा बोला’को थियो । अनि म त्यहीबेला गएको थेँ, फर्कँदा बेलुका राति भएको’थ्यो ।
शिक्षक:  अनि त्यो मनिषले घाँटीमा ला’को त्यो तिमीले दे’को हो ?
छात्रा : मैले हैन, त्यो त उनकै दिदीले दे’को हो ।
शिक्षक : ए, ल ल
छात्रा : अनि मनिषको नम्बर मैसँग थियो है अनि दिदीले बहिनी किन आइनँ भनेर कल गर्नु भएको थियो । त्यहीबेला मनिषले नम्बर सेभ गरेको रै’छ ।
शिक्षक : ल हेर अँ
छात्रा : अनि मनिषलाई के भन्नु त अब म ?
शिक्षक : त्यसलाई के भन्नु त थ्योत । त्यस्तो सोच्यो भने त जिन्दगी डुबियो नि तिम्रो ।
छात्राः ऊ त्यस्तो भन्छ अनि खेर ?
शिक्षक : भनेको भरमा हुन्छ ? आफ्नो करियर सोच्नु पर्दैन ?
छात्रा : अँ सोचेको त छ नि ।
शिक्षक : तिम्रो छैन के बुद्धि, मैले धेरै कुरा सिकाउनु पर्छ, कुरा बुझ्यौ त धेरै पढाउनु छ क्या ।
छात्रा : अँ
शिक्षक : करियरको बारेमा सोच्नुपर्छ क्या, हतारिनु हुँदैन ।
छात्रा : हस्, खाली उसले भनेको भन्याइ गरिरा’छ ।
शिक्षक : भने पनि मेरो अन्तै व्यवस्था भइसकेको छ भनिदेऊ न । बुझ्यौ ?
छात्रा : अनि के भनिदिने ?
शिक्षक : को भन्नु बाआमाले खोज्नु भा’को छ भनिदिनु ।
छात्रा : आमॉ।अहिलेबाट बाआमाले खोज्नु भा’को छ भन्नु ?
शिक्षक : भन्दे भइहाल्छ नि । म भन्न मिल्दैन मेरो नाम भन्न मिल्दैन फेरी पागल होला हैन ?
छात्रा : अँ अँ के भन्ने के भन्ने भइरा’छ ।
शिक्षक : तिमीलाई म लाइफमा टेकअफ गरिदिन पनि सक्छु गरिदिँउ ?
छात्रा : अँ अँ त्यसो गर्यो भने अँ‘‘
शिक्षक : हैन मैले बुझेँ अर्कै तरिकाले गरौँला नि है त है ? अ? मैले भन्या मान्छे
छात्रा : अँ‘।अँ‘।
शिक्षक : बुझेनौ अ? कुरा तिम्रो करियर राम्रोसँग बनाउने गरी क्या बुझ्यौ ?
छात्रा : मनिष पागलै भइसक्यो क्या । २४ सै घण्टा हाम्रो घरतिर आईरा’को हुन्छ ।
शिक्षक : पागलै भो, त्यसो भो त्यो सक्किने भो, यसपालिको जाँचमा फेल हुन्छ कि क्या हो त्यो ?
छात्रा : खै के थाहा ?
शिक्षक : भर्खरै घर आएर अंगुर खाँदै थिएँ मैले ।
छात्रा : आज पनि आ’को’थ्यो भरखर ।
शिक्षक : हो र ? त्यसलाई केही पनि नभन छोडिदेऊ अब । बा आमाले अन्तै उ गर्नु भ’को छ भनिदेऊ । त्यसो भनेपछि मान्छे फलो गर्न आँउदैन क्या ।
छात्रा : के भन्ने खै के भन्ने ?
शिक्षक : केही भन्नै पर्दन नि । त्यस्तो गर्न थाल्यो भने करियर खत्तम हुन्छ फेरि ।
छात्रा : एन्सर माग्यामाग्यै छ ।
शिक्षक : नो भन, सिद्धिगो’नि, अनि तिमीलाई त्यहीसँग लाइफ जानेगरी मन बसेको हो ?
छात्रा : नो भन्या त हो नि, ममा के कमी छ भन्दै अनि मैले के भन्ने त ?
शिक्षक : कठैबरा, त्यस्तो हुँदैन नि अहिले यो उमेरमा त्यस्तो कुरा गर्नु हुँदैन क्या ।
छात्रा : मैले सम्झाएर नसम्झने भइसक्यो क्या ।
शिक्षक : यो उमेरमा त्यस्तो कुरा गर्नुहुँदैन भनेर सम्झाउनु पर्छ क्या ।
छात्रा : सम्झाउँदा मान्नु पर्यो नि ।
शिक्षक : अनि अहिले घरको मान्छे कता छन् ?
छात्रा : घरको मान्छे बाहिर ।
शिक्षक : ल ल के भा’को होला त्यो मान्छे खत्तमै रै’छ । त्यस्तो मान्छे नि काम लाग्छ र काँही‘।?? त्यस्तो भयो भने त दुइटै बिचल्ली हुन्छ त्यसो भएपछि त अनि के गर्ने, आफ्नो खुट्टामा उभिएको छ त्यो ?
छात्रा : भर्खर पढ्दै छ नि ।
शिक्षक : अनि के भनेर हुन्छ ल भन्ने त नि त ?
छात्रा : त्यही भएर त तपाईंलाई सोधेको नि त ।
शिक्षक : त्यसो नगर, पटक्कै नगर, नो भनिदेऊ । भुराको कुरामा लागेर अहिल्यै त्यसो गर्यो भने त तिमीले जीवनभर दुःख पाउनुपर्छ । तिमीले जीवनमा कल्पनै नगरेको मान्छे खोज्छु म बुझ्यौ ?
छात्रा : अ ? साथीह ?, त्यसलाई ‘एस’ भन्देऊ भन्या भन्याई गर्छन् । त्यसलाई छोडिस ्भने खुःख पाउछेः भन्छन् ।
शिक्षक : हत्‘ त्यस्तो कुरा गरेर नि हुन्छ ? भुराको तालमा लागेर अहिले त्यस्तो डिसिजन गर्यो भने त जीवनभर ?नुपर्छ । अ? तिमीले केही कुरा सोच्नु पर्दैन, राम्रोसँग पढ । अनि त्यसपछि करियर बनाउनुपर्छ क्या मान्छेले, प्लस टु गर डिप्लोमा पढ्दै गर गर्नुपर्ने हामी गरौँला । आज मसँग एउटा मान्छे थियो । आजै कुरा गर्न खोज्या थियो । चितवनबाट खबर आ’को थियो ।
छात्रा : त्यो कुरा गर्ने मान्छे अहिले कति वर्षको ?
शिक्षक : ए‘ । त्यो मान्छे ट्वान्टी फाइभ हो ।
छात्रा : आमॉअनि मेरो उमेरमा त बुढो भइहाल्छ नि ?
शिक्षक : तिमी कति ?
छात्रा : म त भर्खर १६ वर्ष ।
शिक्षक : तिमी १६ भो अनि भनौ न झण्डै ९ वर्षको फरक पर्यो । ट्वान्टी फाइभ होला भन्ठानेको ट्वान्टी फोर ट्वान्ट थ्री पनि हुनसक्छ । मैले गेस गरेर हाइएस्ट भन्देको मात्र हो । मलाई ठ्यक्कै जन्ममिति थाहा छैन ।
छात्रा : त्यो त मेरो उमेरमा बुढो भइहाल्छ नि ?
शिक्षक : मिल्दैन, मिल्दैन त्यो त मिल्दैन, बढीमा चार वर्ष भन्दा बढी फरक पार्नु हुँदैन, कुरा बुझ्यौ ? त्यो सबै कुरा म्यानेज गरौँला, पिर गर्नु पर्दैन । कुरा बुझ्यौ ?
छात्रा : बुझेँ ।
शिक्षक : कस्तो गर्ने, के गर्ने, के गर्दा तिम्रो जीवन सुख हुन्छ, के गर्दा ?नु पर्दैन, के गर्दा मर्म बुझ्छ, मान्छेले के गर्दा एउटा मान्छे खुशी हुन्छ । सबै आईडिया हामीसँग हुन्छ । त्यसले गर्दा अहिले हतारिएर कुनै पनि निर्णय नगर ।
छात्रा : हो नि ।
शिक्षक : करियर बनाउने कुरा त मसँग भइहाल्छ । केही गर्न परेन । करियर बनाएपछि मान्छे त आइहाल्छ नि, कुरा बुझ्यौँ त ? त्यसो भएर धेरै कुरा गर्नु छ, तीन घण्टा जति बस्ने गरी आऊ है ।
छात्रा : हुन्छ ।
शिक्षक : तीन घण्टा बस्ने गरी ठ्याक्कै १० बजे फरेस्ट्री गेटमा आइपुग्ने गरी ल ?
छात्रा : हुन्छ, हवस्, सकेसम्म त्यही गर्छु ।
शिक्षक : हुन्छ, त्यसो गरे ठीक हुन्छ, एकडेढ बजे फर्कँदा ठीक सजिलो हुन्छ । अ? के छ त ?
छात्रा : अ? त त्यही मनिषको कुरा त हो नि ।
शिक्षक : सुन न। इन्ट्रेस्ट हुन्छ, त्यो इन्ट्रेस्ट पूरा गर्ने म छदैँछु । हरेक कुरा मैले पूरा गरेपछि तिमीलाई पिरै भएन हो नि हैन भन त ?
छात्रा : हो हो ।
शिक्षक : इन्ट्रेस्ट पूरा गर्न पनि पाइयो, मैले यत्रो जोखिम उठाएर सबै कुरा गर्छु भनेकै छु । मैले यसो भन्दा भन्दै तिमीलाई के को पीर । लाइफ बनाइदिन्छु भनेकै छु, पिर गर्नुपर्दैन ।
पौडेल निष्काशित
नेकपा एमाले जिल्ला कमिटी सदस्य रहेका पौडेललाई एमाले मकवानपुरले सदस्यबाट निलम्वन गरेको छ । यस्तै, एमालेको शिक्षक संगठनका अध्यक्ष सल्लाहकार रहेका पौडेललाई शिक्षक संगठनले पनि निलम्वन गरेको छ । उनी हिरासतमा छन् ।
टियर ग्यास चल्यो
केहीदिनअघि नेकपा माओवादीका कार्यकर्ताले यो अडियोसहित शिक्षक पौडेललाई लिएर कुटपिट गर्दै ठूलो जुलुशसहित प्रहरीमा बुझाएको हो । त्यतिखेर भिड नियन्त्रण गर्न हेटौँडामा प्रहरीले टियर ग्यास छाड्नु परेको थियो ।
जबर्जस्ती करणीको मुद्दा
पौडेललाई छात्रामाथि जबर्जस्ती करणी मुद्दा दायर गरिएको छ । पौडेललाई कुनै पनि हालतमा करणीकै मुद्दा चलाउनु पर्छ भनेर नेपाली कांग्रेसका शिक्षक संघका नेताहरुको अहिले प्रहरीमै बास हुने गरेको छ । दोषीलाई कारबाहीमा प्रभावित पार्ने गरी राजनीतिक चलखेल भएपछि प्रहरीलाई अनुसन्धानमा दबाब परेको छ । यद्यपि पौडेलमाथि कारबाही हुनुपर्छ भन्नेमा कसैको विमती छैन ।
गफले झन तनाव
अहिले हेटौँडा बजारमा, पसल, चौतारामा मात्र होइन, आसपासका गाउँमा पनि कोही मोबाइलमा केही सुनिरहेका हुन्छन् भने त्यो यही सेक्स गफ हुने गरेको छ । कलेजका छात्रछात्रादेखि यातायात मजदुर, व्यापारी सबैको हातमा सेक्सथफ पुगेपछि शिक्षक र छात्राका विषयमा झन बढी आलोचना हुने गरेको छ । चिया पसलमा पनि गफ चल्ने गरेको छ, ‘अँ मैले नि त्यो मास्टर र केटीको गफ सुनेँ नि !’

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger