भेटियो ८०० वर्ष पुरानो मोबाइल,अर्कै ग्रहका मानिसले छाडेको आशंका (भिडियो हेर्नुस)
अर्को ग्रहबाट आएका मानिसहरुले छोडेको आशंका गरिएको मोबाइल भेटिएपछि यतिखेर विश्वभर हंगामा फैलिएको छ। मोबाइल फोनलाई आधुनिक आविस्कारको साधन मान्दै आइएकोमा पुरातत्वविदहरुले ८०० वर्ष पुरानो मोबाइल भेटाएपछि पृथ्वी बाहेक
अर्को ग्रहका मानिस र उनीहरुको विकासबारे फेरी अर्को बहस छेडिएको छ।
अष्ट्रियामा भेटिएको ८०० वर्षपुरानो भनिएको मोबाइल नोकियाको पुरानो डिजाइनको जस्तै आकार प्रकारको छ। यसको किप्याडमा अंक र अंग्रेजीको अल्फाबेटको सट्टामा विभिन्न फरक फरक शैलीका चित्रहरु रहेका छन्। पुरातत्वविदहरुको यो दाबीसँगै
पृथ्वीमा अर्को ग्रहबाट मानिसहरु आउने गरेको दाबीलाई बल पुगेको छ।
सँधैजसो अर्को ग्रहका मानिस र उनीहरुको पृथ्वी भ्रमण षडयन्त्र सिद्धान्तका रुपमा रहने गरेको छ। अमेरिकाले विश्वका विभिन्न स्थानमा अर्को ग्रहबाट आएका मानिसको लाश र अन्तरिक्ष यान आफ्नो कब्जामा लिएर अनुसन्धान गरिरहेको हल्ला चल्न
थालेको पनि दशकौं भइसकेको छ। तर यतिखेर र्सार्वजनिक रुपमा नै अर्को ग्रहका अन्तरिक्ष यात्रीले पृथ्वीमा छोडेको मोबाइल भनेर अन्वेशकहरुले भिडियो नै सार्वजनिक गरेका छन्। अष्ट्रियामा उत्खननका क्रममा फेला परेको मोबाइलमा रहेका अक्षरहरु
सुमेरियन रहेको उनीहरुले सार्वजनिक गरेको भिडियोमा उल्लेख छ।
यसखालको लेखन अहिलेको इरान तथा इराक र प्राचिन मेसोपोटामियामा प्रचलनमा रहेको थियो भनिन्छ। यस खालको मोबाइल भेटिनुले प्राचिन विश्वको विकासको अवस्था देखाउँछ भने अन्य ग्रहबाट मानिसहरु पृथ्वीमा आउने गरेको रहस्यलाई पनि बल
पुरयाउँछ। अहिले सम्म नोकियालाई मोबाइल आविस्कार र प्रचलनको थालनीकर्ता मानिन्छ।
आधुनिक सञ्चार प्रविधिका रुपमा लिइने मोबाइलको पछिल्लो विकास एक सय वर्षपनि पुरानो छैन। यस्तो अवस्थामा नोकियाको मोबाइल कै डिजाइनमा रहेको ८०० वर्षपुरानो फोन भेटिनु झन रहस्य पूर्ण छ। हेर्नुस भिडियोः
Labels:
Featured
,
Video-Gallery
