तर थिएटरको नाटकमा पनि केहि बर्षदेखि आफ्ना सबै कपडा उतारेर निर्वस्त्र अभिनय गर्ने परम्परा सुरु भएको छ ।
हालै लण्डनको एक थिएटरमा प्रदर्शन गरिएको एक नाटक दि जुडास किस र माईडिडेमा निर्वस्त्र सिन दिने बिषयमा निकै ठूलो बहस भएको थियो ।
ज्याक थोर्नको नाटक माईडिडेको मञ्चन निकै लोकप्रिय मानिएको थिएटर ट्राफल्गर स्टुडियोमा हुँदैछ । यो नाटकमा एक बाथरुमको लामो दृष्य छ । जसमा अभिनेत्री फिबी वालर, अभिनेता ब्रिज र अर्का अभिनेता कायर चाल्र्स एक बाथट्याबमा निर्वस्त्र भएर लामो समय बिताउछन् ।
अभिनेता ब्रिज भन्छन् 'यो दृष्य नाटकमा निकै जरुरी थियो । निर्देशक ज्याक यो दृष्यमा निकै मेहनत साथ उत्कृष्ट काम गराउन सक्छन् त्यसैले मलाई कुनै शंकोच थिएन । अर्का अभिनेता चाल्र्सको भनाईमा पनि यो बाथरुमको दृष्य हो । बेडरुमको होईन त्यसैले यो अस्लील थिएन ।'
नाटक मञ्चनका क्रममा निकै हतोत्साहित भएका कलाकार र निर्देशकले पनि नाटकको मञ्चनपछि पश्चाताप मान्नु परेन । दर्शकहरुले आफ्नो घरको जस्तै बातावरणको रुपमा लिएर नाटक बुझे त्यसैले निर्वस्त्र अभिनयको भान परेन ।
बिषयबस्तु र स्वभाविक रुपमा प्रस्तुत गर्दा कुनै पनि दृष्य अश्लिल र भद्धा हुँदैन भन्छन् निदेर्शक ज्याक ।
तर पछिल्लो समय चलचित्रहरुमा बस्त्रसहितका दृष्य पनि अश्लिल र भद्धा देखिन थालेका छन् । एजेन्सीको सहयोगमा ।