उनले दिस इज योर ब्रेन अन म्युजिक: द साइन्स अफ ह्युमन अब्सेसन नामक किताब पनि लेखेका छन् । मानिसमा संगीतले पार्ने असरका विषयमा उनले पछिल्लो २० वर्ष देखि अध्ययन अनुसन्धान गरिरहेका छन् ।
पछिल्लोपटकको शोध उनको टोलीले २ हप्तासम्म गरेको थियो । त्यसक्रममा सहभागी परिवारहरुलाई सुरुको हप्ता मन्द स्वरमा संगीत सुन्न लगाइयो । दोश्रो हप्तामा भने सोनोस सिस्टम तथा एप्पल म्युजिकबाट उनीहरुलाई ठूलो आवाजमा गीत सुन्न भनियो । त्यस समयमा सबै सहभागी परिवारको लागि गरेर कुल ४४ हजार घण्टासम्म जम्मा ८ हजार १२४ गीत बजाइयो ।
त्यसक्रममा शोधकर्ताहरुले के पाए भने चर्को आवाजमा पर्याप्त संगीत सुनेको दोश्रो हप्तामा दम्पतीहरुबीच एक आपसमा बढि कुराकानी हुन थाल्यो । उनीहरुले सँगै गीत गाउन थाले, नाच्न थाले, हाँसे, रोए र धेरै समय सँगै बिताए । समग्रमा चर्को आवाजमा सँगीत सुन्नेहरुले ६७ प्रतिशत बढि सम्भोग गरेको पाइयो ।
शोधकर्ता लेभिटिनका अनुसार यो नतिजा सदैव एकरुपको रहेको छ । सँगीतले मानिसको मस्तिष्कमा डोपामाइन नामक न्युरोट्रान्समिटर रसायनको उत्सर्जन गराउँदछ । जसले मानिसलाई सन्तुष्टिको आभाष गराउँदछ ।
संगीत सुन्दा मानिसको मस्तिष्कबाट अक्सिटोसिन हर्मोन पनि उत्सर्जन हुन्छ, जसलाई लभ हर्मोन पनि भनिन्छ । यो हर्मोनको उत्सर्जनले मानिसमा कस्तो प्रभाव पार्छ, त्यो बुझ्नका लागि त यसको नामै काफी छ ।
