Latest Updates :

नेपालको व्यस्त शहर काठमांडूको बालकुमारीमा बालिका बन्धक बनाउने दुईजना पक्राउ,,,

SHARE THIS POST :
ललितपुर उपमहानगरपालिका, बालकुमारीबाट एक बालिकालाई अपहरण गरी बन्धक बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बालकुमारी बस्ने बलराम पाण्डेको– ८ वर्षीया छोरी सम्झना पाण्डेलाई अपहरण गरी बन्धक बनाउने काभ्रे सिमथली घर भई हाल बालकुमारी बस्ने १६ वर्षीय भिमसेन भण्डारी र १६ वर्षीय विनिता बास्कोटालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

चैत १ गतेदेखि बालिका हराई बेपत्ता भएको सूचनाका आधारमा खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा काठमाडौँ चाबहिलस्थित पूर्वेली गेस्ट हाउसको कोठा नम्बर ३०२ मा बन्धक बनाइ राखेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger