Latest Updates :

पोखराका यौनकर्मीको कमाई : मासिक २० हजारदेखि पाँच लाखसम्म

SHARE THIS POST :
बाध्यता, प्रलोभन, आवश्यकता लगायतका विविध कारणले चाहेर वा नचाहेर यौन कार्यमा लाग्नेहरु कमाईको हिसावमा कति अघि होलान् ? पेशागत रुपमा यौन कर्ममा लागेका र केहि समयको आवश्यकतापूर्तिका लागि यस्ता कृयाकलापमा सहभागि भएका महिला तथा पुरुषहरु पोखरामा पनि छन् ।यौन अखडाको रुपमा चिनिएको पोखराको बाग्लुङ बसपार्कबाट यो ब्यवसाय हटाएपछि अहिले पोखराका बिभिन्न स्थानमा छरिएको छ । पोखराका होटल , रेष्टुरेण्ट सम्पर्क स्थापित गर्ने थलोका रुपमा प्रयोग गरी आसपासको गाविस वा जिल्लासम्म गएर यौन कार्य गर्ने गरेको तथ्य सार्वजनिक भएका छन् । थ्रि एन्जल्स नेपालको सहयोगमा महिला उत्थान तथा जागरण केन्द्र कास्कीले लामो समयको अनुसन्धानपछि सार्वजनिक गरेको प्रतिवेदन अनुसार पोखराको हेमजा, लामाचौर, भलाम, चापाकोट, पामे, सराङकोट, कास्कीकोट, ढिकुरपोखरी, लुम्ले लगायतका स्थानमा यौन गतिविधि हुने गरेका छन् । संस्थाले गरेको अध्ययन अनुसार यौन ब्यवसायमा लाग्ने यौनकर्मीले महिनामा २० हजारदेखि पाँच लाख सम्म कमाउँछन् । पोखरा उपमहानगरपालिकाको वडानम्बर १ देखि १८ सम्म गरिएको अध्ययन अनुसार ३० देखि ४० हजार मासिक कमाउने यौनकर्मीको संख्या बढी छ । जम्मा ३८० जना यौनकर्मीमा गरिएको अध्ययनमा ३० देखि ४० हजार सम्म महिनामा कमाउछु भन्नेको संख्या ३३ प्रतिशत छ । त्यस्तै २० हजार भन्दा कम कमाउने २१ प्रतिशत, २० देखि ३० हजार मासिक कमाउने १४ प्रतिशत छ भने ४० देखि ५० हजार मासिक आम्दानी गर्ने यौनकर्मीहरु २१ प्रतिशत भन्दा बढी छन् ।
संस्थाका अनुसार ५० हजार देखि ७५ हजार आम्दानी गर्नेको संख्या ५.७ प्रतिशत रहेको छ भने ७५ हजार भन्दा बढी कमाउनेको संख्या ३.७ रहेको छ । अध्ययनको क्रममा कुराकानीको दायरामा आएका केहिले महिनामा चार देखि पाँच लाख सम्म कमाउने गरेको समेत बताएका थिए । उनिहरु मध्ये कमाएको पैसा वचत गर्ने भन्दा ब्यक्तिगत रुपमा खर्च गर्नेको संख्या अत्याधिक छ । संस्थाले अध्ययनको क्रममा कमाएको पैसा के गर्नुहुन्छ भनी सोधेको प्रश्नमा ९१.५ प्रतिशतले आफ्नै खर्च टार्ने जवाफ दिएका थिए । त्यस्तै यौन कार्यबाट प्राप्त आम्दानीबाट पारिवारिक खर्च टार्नेहरु दोस्रो नम्बरमा छन् भने केहिले बैंक डिपोजिट गर्ने गरेको भेटिएको छ । कतिपय यौनकर्मीले विलासिताका वस्तुहरु तथा दैनिक उपभोग्य सामाग्रीहरु ग्राहकलेनै खरिद गरिदिने पनि बताएका छन् । २० हजार भन्दा कम आम्दानी गर्ने यौनकर्मीहरुको ५० प्रतिशत आम्दानी ग्राहक मिलाईदिने होटल , रेष्टुरेण्ट वा ब्यक्तिले लिने र ५० प्रतिशत मात्रै पाउने गरेको अध्ययनको क्रममा भेटिएको छ । पोखरा उपमहानगरपालिकाका १८ वडा भित्र तीन सय महिला, ५० पुरुष र ३० तेस्रोलिङ्गीमा यो अध्ययन गरिएको थियो । महिला यौनकर्मीमध्य कतिपयले दिनमा १२ पटक सम्म यौन सम्पर्क स्थापित गरेको बताएका थिए । कतिपय पुरुष ग्राहकसँग देश, विदेश घुम्न जाने र सिमित ब्यक्तिहरु सँग मात्रै सम्पर्क स्थापित गर्ने गरेको समेत भेटिएको छ । कतिपय पुरुषहरु महिलाको यौन ईच्छा पुरा गरिदिएर मनग्य आम्दानी गरी बसेको समेत भेटिएको छ । संस्थाका अध्यक्ष गिता कुमारी पौडेलले अध्ययनको क्रममा थुप्रै चुनौतीहरु आएको र प्रतिवेदन सार्वजनिक नगर्न दवावसँगै ज्यान मार्ने धम्की सम्म आएको बताइन् । प्रतिवेदन सार्वजनिक गर्दै पौडेलले सबै क्षेत्रको सहयोग र सहकार्यले पोखरालाई निश्कलंकित बनाउने अभियानमा लागेको बताईन् । सचिव चमेली खातीका अनुसार सन् २०१४ देखि जारी अध्ययनको क्रममा यौनकर्मीको पारिवारिक अबस्था, शैक्षिक अबस्था, यौनकर्मीको पहुँच, आम्दानी र त्यसको परिचालन लगायतका विविध विषयलाई केन्द्रित गरिएको थियो ।जिल्ला प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले पोखराबाट यौन ब्यवसाय निर्मुल पार्ने प्रतिवद्धता जनाए । उनले यौन व्यवसायको बिरुद्ध विभिन्न संघसंस्थाको सहकार्यमा विशेष अपरेशन समेत सञ्चालन गर्ने दावि गरेका छन् । यौनर्कीसँग सम्पर्क स्थापित गर्ने प्रहरी भेटिमा तत्काल जागिरबाट निकाल्ने उनले चेतावनी दिए । प्रतिवेदन सार्वजनिक कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरु संलग्नता रहेको थियो ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger