काठमाडौंः रसियामा एउटामा विमान दुर्घटना भएको छ । दुबईबाट गएको रसिया गएको फ्लाई दुवईको एफ जेट ९८१ नम्बरको विमान दक्षिणी रुसको रोस्तोव अन डन विमान स्थलमा अवतरणका क्रममा दुर्घटना भएको थियो ।
विमान स्थलमा भिजिविलिटी कम भएपछि अवतरणका क्रममा विमानस्थल नजिकै दुर्घटना भएको चाइना डेलीले जनाएको छ ।विमान अवतरणका क्रममा रनवे परिसरमा आगो बलेको बताईएको छ । आगो बलेलगत्तै झन्डै सय भन्दा बढी उद्दार कर्मी पुगेर आगो निभाएका थिए ।त्यहाँको स्थानीय समाचार एजेन्सी स्पुटनिकका अनुसार त्यहाँ मस्को समय अनुहार ६ बजेसम्म विमानस्थललाई बन्द गराइएको छ ।शनिबार बिहान भएको दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
