Latest Updates :

हेर्नुस विकशित देशको हालत …कसरी बोक्सीको आरोपमा महिलाहरुलाई जीउँदै जलाइयो … पद्नुस

SHARE THIS POST :
मलावीको दक्षिणी इलाकामा अवस्थित नान्जे जिल्लामा बोक्सीको आरोपमा सात जनालाई पेट्रोल छर्की आगो लगाएपछि उनीहरुको मृत्यु भएको छ । जलाएर मारिएका सात जनासँग मानव कङ्कालसहित भेटाएपछि उनीहरुलाई बोक्सीको आरोप लगाई स्थानीयको एक जमातले एक पछि अर्को गर्दै जीउँदै आगोले जलाएका थिए।

घटनापछि घटनास्थलमा प्रहरी पुगे पनि समाचार तयार पार्दासम्म कसैलाई पक्राउ भने गरिएको छैन । सात जनामध्ये एक जनाको झोलामा मानव अस्थिपञ्जर भएको थाहा पाएपछि स्थानीयले उसलाई केहीबेर लखेटेपछि समातेका र उसैको भनाईका आधारमा अन्य छ जनालाई समेत नियन्त्रणमा लिइएको थियो ।

प्रहरी अधिकारीले कङ्काल अल्विनो समुदायको भएको वा ती अरू कुनै समुदायका मानिसका थिए भन्नेबारे अनुसन्धान सुरु गरेको छ ।केही अफ्रिकी मुलुक मलावी, मोजाम्बिक र तान्जानियालगायतका केही अफ्रिकी मुलुकमा अल्विनो समुदायका मानिसलाई मार्ने र बोक्सी लागेका कारण बिरामीलाई उनीहरुको अस्थिपञ्जर प्रयोग गरी उपचार गर्ने गरिन्छ । यसरी उपचार गरेमा बिरामी निको हुने विश्वास अफ्रिकी समाजमा व्याप्त छ । रासस

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger