Latest Updates :

हजारौं रोपनी जग्गा माओवादी कब्जामै

SHARE THIS POST :
माओवादीले सशस्त्र द्वन्द्वका क्रममा कब्जा गरेको घरजग्गा अझै पनि फिर्ता हुन सकेको छैन । बृहत शान्ति सम्झौता गरी सशस्त्र द्वन्द्व अन्त्य भएको एक दशक बित्न लागेपनि संखुवासभाका विभिन्न ठाउँमा तीन हजार रोपनीभन्दा बढी जग्गा अझै पनि माओवादीकै कब्जामा छ । कब्जा जग्गा फिर्ता दिन माओवादीसँग पटक पटक माग गर्दा र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा पनि अझैसम्म जग्गाको स्वामित्व लिन नसकेको पीडित जग्गाधनीले बताएका आजको अन्नपूर्णमा समाचार छ । संखुवासभाको को स्याबुन ३ र ४ मा रहेको सुन्दर अलैची प्रालिको एक हजार दुई सय रोपनीभन्दा बढी अलैंचीबारी अझै पनि माओवादी कब्जामै छ । त्यहाँबाट उत्पादित अलैंची माओवादीका नाममा केही व्यक्तिले लिँदै आएका छन् । चैनपुर १० का पीडित रामेश्वर श्रेष्ठले आफ्नो चैनपुर ८ भन्ज्याङखर्कमा ५० रोपनी खेत, २७ मुरी ठेक्का आउने धानखेती, जलजला ९ बाबुनमा आँप लिची र धानखेती, स्याबुन ५ कुसुवा डाँडागाउँमा धानखेती अझै कब्जामा रहेको बताए । आफूले राजस्व तिरेको र आफ्ना नाममा रहेको नम्बरी जग्गा तत्काल फिर्ता दिन उनले माग गरे । चैनपुरका अन्य थुप्रै व्यक्तिको जग्गा अझै पनि माओवादी कव्जामा रहेको छ । माओवादीमा फुट आएको भएपनि ती जग्गाबाट व्यक्तिले आम्दानी लिदैँ आएका छन् । उनीहरुले दोषीलाई कारबाही गरि तत्काल आफ्नो जग्गा फिर्ता गर्न आग्रह गरेका छन् ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger