Latest Updates :

यौनाङ्गमा चिलाउनु र यसरी पिल्सनुका अनेक कारण

SHARE THIS POST :
म २८ वर्षीय विवाहित पुरुष हुँ। मेरो विवाह भएको ६ वर्ष भयो। झन्डै ४ वर्ष भयो मेरो लिङ्गको भित्री भाग -मुन्ड) मा मसिना घमौरा आउँछन्। सुरुसुरुमा चिलाउँछ। दल्दा, हस्तमैथुन वा यौनसम्पर्क गर्दा घोटिएर अलि मज्जा पनि आउँछ, तर ती बिमिरा पिल्सिएपछि पोल्छ। भित्री मुन्डको नरम छाला पनि पिल्सिएर रगत नै चुहिएलाजस्तो हुन्छ। यस्तो बिमिरा महिना-दुई महिनामा एकपटक आउँछ। तीन दिनजतिमा बिसेक हुन्छ। एक वर्षअघि मैले ब्लड पनि चेक गराएँ। औषधि पनि खाएँ तर के खाएँ अहिले सम्झना भएन। ClobenG लगाएँ। केही दिन बिसेक भयो फेरि उस्तै। यसले सधैं नपिरोले पनि धेरै वर्षदेखि तीन­चार महिना, तीन­चार महिनामा एकै किसिमले एकै ठाउँमा समस्या दोहोरिँदा केही चिन्तित छु। आजभोलि म विदेशमा भएकाले श्रीमतीसँग यौनसम्पर्क नगरेको तीन वर्ष हुन लाग्यो, तर पहिले यौनसम्पर्क गर्दा उनलाई पनि मेरै जस्तो संक्रमण हुन्थ्यो। पछिपछि मैले कन्डम प्रयोग गरेँ। एकपटक चेक गराउँदा खासै समस्या नभएको बताइयो। सरसफाइमा पनि ध्यान दिएकै जस्तो लाग्छ। यस्तो के कारणले हुन्छ? यसको समाधान के हुन सक्छ ? अहिले पनि त्यही समस्या आए ClobenG लगाउने गरेको छु। एक-दुई दिनमा बिसेक हुन्छ। सरसफाइको समस्या हो भने मलाई मुन्ड छेदन गर्ने पनि इच्छा छ। यो कस्तो शल्यक्रिया हो ? ठूलै हो कि सामान्य ? त्यस्तो शल्यक्रियापछि सामान्य हुन कति दिन आराम गर्नुपर्छ  ? यसका लागि कहाँ-कति खर्च लाग्न सक्छ ?

मुन्डभित्रको बिमिरा के हो ?  

लिङ्ग मुण्डको corona को पछितिर ससाना sebacious glands -छालामा भएका तैलीय पदार्थ निकाल्ने ससाना ग्रन्थिहरू) हुन्छन् जसलाई Tyson's glands भनिन्छ। यी बिमिराजस्ता कुरा सामान्य हुन्। यही ग्रन्थिबाट निस्कने तैलीय रस तथा छालाबाट झरेका कोषहरू जम्मा हुन गए त्यसैमा जीवाणुको वृद्धि हुन्छ र उक्त सेतो पदार्थ बन्छ।

तपाईको समस्या के होला ?

यौनाङ्गमा चिलाउनु र यसरी पिल्सनुका अनेक कारण हुन सक्छन्। यस्तो हुनुले कुनै संक्रमण भएको संकेत गर्छ। तपाईंले दिनुभएको सीमित जानकारीका आधारमा ठयाक्कै भन्न सकिने स्थिति नभए पनि छालाको fungal सिंक्रमणका कारणले त्यस्तो भएको हुन सक्छ। धेरै कन्याउँदा छाला नै पाच्छिएर यस्तो समस्या भएको हुनसक्छ। धेरै पसिना आई बढी ओसिलो हुँदा तथा गर्मीले यस किसिमको संक्रमणलाई बढावा दिन्छ। नाइलन वा पोलिस्टरजस्ता कपडाका भित्री पहिरन -underwear) सुती कपडाका तुलनामा यस किसिमका समस्या बढाउने कारण हुन सक्छन्। साबुनको अत्यधिक प्रयोगले पनि यसलाई बढावा दिन्छ। अचेल यस किसिमका संक्रमणका लागि प्रभावकारी मल्हमहरू उपलब्ध छन्। यस्ता किसिमका fungal सिंक्रमणहरूमा Dermatophytes तथा Candida पर्ने fungal हरू प्रमुख हुन्। बोलीचालीको भाषामा हामी dermatophytes लाई दाद भन्छौं। हल्का किसिमको संक्रमण भएको अवस्थामा मल्हमहरूको प्रयोग नै यसको उपचारका लागि पर्याप्त हुन सक्छ। कडा किसिमको संक्रमणको उपचारका लागि भने केही लामो समय सम्म औषधी सेवन गर्नुपर्ने हुन्छ।

यौनाङ्गको हर्पिस हुँदा पानी फोकाजस्तो आउँछ र पछि फुटेपछि एकदमै दुख्ने-पोल्ने हुन्छ। अन्य केही यौनरोगमा घाउ आउँछ भने केहीमा मूत्रद्वारवाट पीप आउँछ । तपाईंले त्यस्तो लक्षण लेख्नुभएको छैन, त्यसैले अहिले त्यसका बारेमा चर्चा नगरौं।

समस्या बिसेक नहुनुको मुख्य कारण रोगको पहिचान नहुनु पनि हो, त्यसैले सही निदान र उपचारका लागि चर्मरोग विशेषज्ञसँग सम्पर्क राख्नुहोला। Fungal सिंक्रमण anti-fungal cream लगाउनुपर्छ। तपाईंले लगाउनुभएको औषधीमा भने anti-fungal  औंषधी भए पनि steroid को साथै anti-biotic पनि छ, जुन आवश्यक नहुन सक्छ। बल्झिरहने एउटा समस्या चाहिँ पूर्ण रूपमा उपचार नहुनु वा पुनः संक्रमण हुनु हो। तपाईंले लक्षण कम भएपछि औषधी लगाउन बन्द गर्ने बानीले संक्रमणलाई निर्मूल पार्न सक्दैन। चिलाउन बन्द भैसकेपछि पनि दिनको तीन पटक अझै सात दिन जति लगाउनुभए दीर्घ प्रभाव पर्छ। 
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger