Latest Updates :

सामान्य लाग्ने आलु खादाका फाइदाहरु

SHARE THIS POST :
संसारभरी नै लोकप्रिय खानाको रुपमा चिनिएको खाना हो आलु । जेसँग पनि मिल्ने भएका कारणले गर्दा नै यो लोकप्रिय खानाको रुपमा परिचित छ । स्वास्थ्यको दृष्टिकोणले हेर्दा यो सामान्य लाग्ने आलुले हामीलाई धेरै फाइदा गर्ने कुरा हामीलाई थाहा नहुन सक्छ । जानी राखौं आलु खादाको फाइदाहरु :
१ प्रयाप्त पोटासियम आलुमा केरामा भन्दा बढी मात्रामा पोटासियमको मात्रा हुन्छ । एउटा आलुमा कम्तिमा १६०० मिलिग्राम पोटासियम पाइन्छ । जवकी एक दिनका लागि केवल ८०० ग्राम मात्र पोटासियम मानव शरीरका लागि प्रयाप्त हुन्छ । केरा खाने भन्दा आलु खाने मान्छेले धेरै पोटासियम प्राप्त गर्न सक्छ । पोटासियम मुटुको समस्या, मस्तिस्क घात रोक्न मद्दत गर्छ । २ फाइवरको मात्रा उच्च आलुमा पाचन प्रणाली सहज तुल्याउन आवश्यक पर्ने फाइवरको मात्र उच्च हुन्छ । शरीरका लागि आवश्यक पर्ने फाइवरको लागि आलुको सेवन निक्कै हितकारी हुन्छ । आलुले मोटो पन नियन्त्रणका लागि पनि सघाउछ । आलुले कोलस्टोरलको समस्या र रगतमा सुगरको मात्रा नियन्त्रण गर्छ । ३ सुन्तालामा भन्दा बढी भिटामिन सी आलुमा भिटामिन सीको मात्रा उच्च हुन्छ । दिनमा एउटा आलु सेवन गर्दा यसले शरीरका लागि आवश्यक पर्ने भिटामिन सीको आधा मात्रा दिन्छ । जुन पुरै पाकोको सुन्तालाको भन्दा बढी हो । शरीरमा रोगसँग लड्ने क्षमता विकाश गर्नका लागि भिटामिन सीको मात्रा आवश्यक हुन्छ । केही अध्यनले आलुले क्यानसरसँग लड्ने क्षमता समेत विकाश गर्ने देखाएका छन् । ४ म्याग्नेसीको राम्रो श्रोत आलु हाम्रो शरीरमा नभै नहुने अर्को खनिज म्याग्नेसीको राम्रो श्रोत हो । शरीर स्वस्थ राख्नका लागि यो खनिज अत्यावश्यक मानिन्छ । एउटा आलुमा एक दिनमा शरीरलाई चाहिने ३३ प्रतिशत म्याग्नेसि पाइन्छ । शरीरमा पाचन प्रणाली ठिक राख्न म्याग्नेसी अत्यन्त महत्वपूर्ण मानिन्छ । यसले क्यान्सर र मुटुको रोगबाट बचाउने चिकित्सकहरु बताउँछन् । ५ भिटामिन B6 को श्रोत आलुमा शरीरमा आवश्यक पर्ने भिटामिन B6को उच्च मात्रा हुन्छ । एउटा मात्र आलुको सेवनले दिनमा शरीरलाई आवश्यक पर्ने ४६ प्रतिशत भिटामिन B6 प्रदान गर्छ । शरीरमा भिटामिन भिटामिन B6 अत्यन्तै आवश्यक छ । यसले शरीरका मांसपेसीलाई स्वस्थ राख्न र कोलस्टोरलको लेभल पनि नियमित बनाउँछ । दिमाग स्वस्थ राख्न पनि यो भिटामिन महत्वपुर्ण मानिन्छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger