Latest Updates :

कान्तिपुर चिप्लिँदा उसकै पछि लागेर कुन-कुन मिडिया चिप्लिए? हुँदै नभएको स्विस लिक्स ‘सार्वजनिक’ गरिदिए

SHARE THIS POST :

खासमा हुने केही होइन तर विश्वभर हङ्गामा मच्चाएको भनेपछि नेपालीलाई पनि ठूलै चासो थियो पनामा पेपर्समा। ठूलै मान्छेहरुको नाम आउला भन्ने थियो। आयो पनि- उपेन्द्र महतो र चौधरीहरुको। अरु देशमा जस्तो नेताको, कलाकारको नाम जोडिएन। महतो र चौधरी जस्ता शक्तिशालीलाई गर्न सक्ने केही होइन नेपालीले। यही पनामा पेपर्सको नाम सार्वजनिक भएको प्रकरणमा एउटा मिडियाले गलत लेख्दा सबै मिडिया उसकै पछि लागेर गलत लेखेर पाठकलाई झुक्याएको प्रसंग तपाईँहरुलाई पनि रोचक लाग्न सक्छ।

राति पौने १२ बजे बल्ल सार्वजनिक भए पनि यो पनामा पेपर्स लिक्सलाई कान्तिपुरले पहिलो पेजमै स्थान दियो (हेर्नुस् सँगैको पत्रिकाको इपेपरको स्क्रिनसट वा यहाँ क्लिक गर्नुस्) त्यसमा नवाङ डोल्माको नाम नवयुग डोल्मा लेखिएको छ। यो त नामको गल्ती भयो, फ्याक्टको गल्ती हुने गरी त्यसमा लेखिएको छ – ‘यो लिक्समा सन् २०१३ को स्विस लिक्सका व्यक्तिहरूको नाम पनि समावेश छ। १२ जनाको पुरानो नामलाई पनि यस पटकको सूचीमा अफसोर लिक्स भनेर समावेश गरिएको हो।….उनीहरूको नाम स्विस लिक्स भनेर पुन: सार्वजनिक गरेको हो।’

यो गलत हो। गलत भनेर थाहा पाउन कान्तिपुरकै प्रमाण तेर्स्याउँदा हुन्छ। नाम बिनाको स्विस लिक्स सार्वजनिक हुँदा कान्तिपुरले नै माघ २७, २०७१ मा लेखेको समाचार यस्तो छ -
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger