Latest Updates :

खुट्टाको रोग निको पार्ने हस्तमैथुनले

SHARE THIS POST :
यौन सन्तुष्टिको माध्यमको रुपमा रहेको हस्तमैथुन केवल यौनिक रुपमा मात्र लाभदायी छैन यो विभिन्न खालका मानसिक तथा शारीरिक स्वास्थ्य समस्याको पनि अचूक समाधान हो । पछिल्लो अनुसन्धानले हस्तमैथुन खुट्टा हल्लिरहने रोगीका लागि निकै लाभदायक हुने तथ्य पत्ता लगाएको छ । खुट्टा हल्लिरहने रोग अर्थात् रेस्टलेस लेग सिन्ड्रोम आरएलएस भएका मानिसहरुका लागि नियमित हस्तमैथुनले निकै फाइदा पूर्याउने अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । आरएलएस एउटा निकै समस्याग्रस्त नशारोग हो, जसका कारण मानिसले खुट्टा स्थिर गराउन सक्दैन र हल्लिरहन्छ । अमेरिका र युरोपमा समेत १० प्रतिशत जति मानिस यो समस्याबाट पीडित छन् ।
यो समस्याबाट पीडितहरुले खुट्टाको तल्लो भागमा चिलाएजस्तो, टोकेजस्तो तथा बिझाएजस्तो अनुभुति गर्छन् जसका कारण उनीहरुले जतिबेला पनि खुट्टा हल्लाइरहन्छन् । यो समस्या डोपामाइन हर्मोनको गडबडीका कारण देखा पर्ने गरेको विज्ञहरुको भनाइ छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger