Latest Updates :

१६ लाखको पेन्टी लाउन नपाए पछी सुटिंग गर्न मानिनन् सन्नी लियोनिले

SHARE THIS POST :
पोर्न स्टारको छवि मेट्दै बलिउडमा स्थापित हुन कोसिस गरिरहेकी सन्नी लियोनीले सफताको सिढी चढ्न थालेपछि आफ्नो हठ प्रर्दशन गर्न थालेकी छिन् ।‘एक पहेली लीला’मा अभिनय गरिरहेकी सन्नीले हालै १९ लाख पर्ने पेन्टी मागेको खुलासा भएको छ । आइटम डान्सका क्रममा उनले लगाउने अन्तरबस्त्रका बिषयमा निर्माण पक्ष र सन्नीवीच बिबाद भएको हो । निर्माण पक्षले दिएको भित्री बस्त्र जब ‘भिक्टोरिया सिक्रेट’ ब्राण्डको नभएपछि सन्नीले सुटिङ नगर्ने अडान लिइन् ।

तर, निर्माण पक्षले उनको माग पुरा गर्न सक्ने अबस्था थिएन् । किनकी उनले मागेका बस्त्रको मूल्य १० लाख भारतीय रुपैयाँ अर्थात करिव १६ लाख नेपाली रुपैयाँ पर्दथ्यो । निर्माण पक्षले ब्यबस्था गरेका बस्त्र पनि कम मूल्यावान थिएनन् । तर, सन्नी भिक्टोरिया सिक्रेटबाहेक अन्य ब्राण्डका बस्त्र आफ्ना जीउमा लगाउने पक्षमै थिइनन् । अन्ततः निर्माता र निर्देशकले नै उनलाई फकाउनुपर्ने अबस्था आयो । फिल्मको बजेट निकै कम भएको र त्यति महंगा लुगा किनिदिन नसक्ने भन्दै अनुनय बिनय गरेपछि अन्ततः सन्नी निर्माण पक्षले ब्यबस्था गरेकै गुलावी बस्त्र लगाएर नाच्न तयार भएकी थिइन् ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger