Latest Updates :

निताको ब्वाए फ्रेन्डले निता लाइ सार्बजनिक कार्यक्रममा पनि नछाड्ने भए !

SHARE THIS POST :
नायिका नीता ढुंगाना र उनका प्रेमी आमेष भण्डारीको प्रेम कसिलो बनेको छ । दुई जनाको प्रेमले मिडियादेखि सर्वत्र चर्चा पनि पाएको छ । नीता पनि आमेषको साथले दंग छिन् ।आमेषलाई लिएर नीता सार्वजनिक कार्यक्रममा देखिन थालेको लामै समय भैसकेको छ । यो क्रम रोकिनेवाला छैन ।नीताले आफूलाई आमेषले जिवन नै ठान्ने हुँदा सार्वजनिक कार्यक्रममा एकसाथ जादा सकारात्मक सन्देश जाने बताएकी छिन् । आफूले माया गर्ने मानिस पाएकाले पनि उसँग एकसाथ पुग्दा राम्रो हुने वुझाई नीताको छ ।

विगत ३ बर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र आमेषको तस्बिर पनि फेसबुकमा खुबै देखिन्छ । नीता अभिनत चलचित्र ‘भुल भूलैया’को पि्रमियरमा त आमेष परिवारको साथमा नै पुगेका थिए ।
नीताले अब आयोजना हुने सार्वजनिक कार्यक्रममा पनि एक्लै नपुग्ने बताएकी हुन् । उनले प्रेमीको साथले आफूलाई झनै चलचित्रमा काम गर्न जोश थपेको बताएकी छिन् । अहिले नेपाली चलचित्रका केही जोडी सार्वजनिक कार्यक्रममा एकसाथ पुग्न थालेको पाइन्छ ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger