Latest Updates :

सबै भन्दा राम्रो पार्टनर खोज्दै हुनुहुन्छ ? थाहा पाउनु होस्, को हुन्छ सबै भन्दा राम्रो पार्टनर

SHARE THIS POST :
विगतमा ट्याटुलाई थुप्रै मनिसहरुले विद्रोही, लापरवाही, गैरजिम्मेवार र अव्यवसायिकको संज्ञा दिने गर्दथे । तर अहिलेको अवस्था फरक छ । नयाँ अनुसन्धानका अनुसार ट्याटु बनाउने मानिसहरुको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएको र धेरैको शरिरमा एकभन्दा बढि ट्याटु हुने गरेको बताइएको छ । ट्याटु अहिले मानिसहरुका लागि निकै साधारण बनिसकेको छ । ट्याटुसँग जोडिएको पुराना बिचारहरु मानिसहरुले बिस्तारै परिमार्जन गरिरहेका छन् । वास्तवमा ट्याटु बनाउने मानिसहरुको निकै धेरै विशेषता हुन्छ विशेषगरि सम्बन्धमा । विज्ञानका आधारमा ट्याटु बनाउने मानिसहरु सबैभन्दा राम्रो पार्टनर हुने गर्दछन् । बुझौँ यसको कारणः
१. खुल्ला मन भएका मानिसहरुले नै सुन्ने गर्दछन्ः गर्मी महिनामा ट्याटु अरु मानिसहरुमाझ सार्वजनिक हुने गर्दछ र यसले सशक्त कुराकानीको भूमिका निर्वाह गर्ने गर्दछ । सन् २०१३ मा आर्काइभ अफ सेक्सुअल बिहेबियरमा प्रकाशित एक अनुसन्धानका आधारमा समुन्द्रको किनारामा ट्याटु बनाएका र नबनाएका महिलाहरुमध्ये ट्याटु बनाएका महिलाहरुसँग पुरुषहरुसँग नजिकिन खोजेको निष्कर्ष निकालेको छ । ट्याटु थुप्रै मानिसहरुका लागि पहिलोपटक गरिने सम्वादको विषय बन्ने गरेको बताइएको छ । जस्तै ‘कहाँ बनायौ ? अथवा ‘ट्याटु राम्रो छ ।’ यदि कोही महिला कुनै पुरुषसँग आकर्षित छिन् भने ट्याटुले उनलाई ती पुरुषसँग नजिक बनाइदिन सजिलो हुने समेत कोही मानिसहरुको बुझाई छ । २. जोखिम मोल्ने मानिसहरुले तपाईंलाई नयाँ ठाउँमा पुर्याउँछन्ः ट्याटु कसैको करकापमा बनाइने होइन । थुप्रै अनुसन्धानको अनुसार ट्याटु बनाउने मानिसहरु जोखिम मोल्ने किसिमका हुन्छन् । जोखिम मोल्ने मानिसहरुले सम्बन्धमा सकारात्मक असरहरु निम्त्याउने गर्दछन् । २६ वर्षीय रायन भन्छन्, ‘मसँग ९ वटा ट्याटु छ र अहिलेसम्म मैले ट्याटु भएका दुईजना महिलासँग डेट गरेको छु । मलाई ट्याटु बनाएका अथवा ट्याटु राम्रो लाग्ने महिला र पुरुष दुबैको संगत गरेको छु । यी मानिसहरु अरु मानिसहरुभन्दा भिन्न प्रकारका हुन्छन् । उनीहरु कुल र वाइल्ड हुने गर्दछन् ।’ र यो वाइल्ड नेचर र खुल्ला दिमाग भएका कारण उनीहरु नयाँ कुराहरुको अनुभव गर्न चाहन्छन् र अप्रत्यासित अवसर पनि पाउने गर्दछन् । ३. आत्मविश्वासीहरुको नजिक बस्दा भिन्नै अनुभवः ट्याटु थुप्रै मानिसहरुको साहसी र आत्मविश्वासिको सूचक हो । सम्बन्धमा आत्मविश्वासले ठूलो भूमिका निर्वाह गर्ने गर्दछ । आत्मविश्वास धेरै भएका मानिसहरु थोरै असुरक्षित महसुस गर्ने र धेरै विश्वास गर्ने किसिमका हुन्छन् । थेरापिष्ट जन डि मोरले गरेको एक अनुसन्धानका अनुसार करिब ८५ प्रतिशत महिलाहरुले ट्याटु बनाएका पुरुषहरु बढि रोचक भएको मान्ने गर्दछन् भने ६८ प्रतिशत महिलाले उनीहरु आत्मविश्वासि भएको मान्ने गर्दछन् । ४. भावना अभिव्यक्त गर्ने मानिसहरु अरुसँग जोडिने गर्दछन्ः प्रत्येक ट्याटुले केहि न केहि सन्देश बोकेको हुन्छ । आजकालका ट्याटुहरुले व्यक्तिगत भावना व्यक्त गर्ने गर्दछन् । ट्याटु बनाउने मानिसहरुले प्रतिकात्मक रुपमा आफ्ना भावनाहरु व्यक्त गर्ने गर्दछन् । भावना अभिव्यक्त गर्ने मानिसहरु जहिले पनि अरु मानिसहरुसँग घुलमिल गर्न सक्ने एक अध्ययनले बताएको छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger