विचार पुर्याउनु होस् है ! तपइको यौन जिबन बिगार्ने पहिलो कारण तपाइकै मोबाइल
मानिसको व्यक्तित्व, सोचाइ र भावना बुझ्न विभिन्न अनुसन्धान हुने क्रममा हालसालै एक अनुशन्धानले स्मार्टफोनले प्रेम सम्बन्ध बिग्रने गरेको तथ्य पत्ता लगाएको छ । अध्ययनले बताएअनुसार मानिसहरु आफ्नो पर्टनर तर्फभन्दा पनि स्मार्टफोनतर्फ बढी ध्यान दिने गरेका छन् ।
डोरह्याम विश्वविद्यालय तथा कण्डम उत्पादक कम्पनी ड्युरेक्सका शोधकर्ताले गरेको संयुक्त अध्ययनका क्रममा बेलायतका १५ जोडीहरुलाई सामेल गराइएको थियो । ती मध्ये ४० प्रतिशतले स्मार्टफोनकै कारण यौन सम्पर्कको काममा पनि ढिलाइ हुने गरेको स्विकार गरेका थिए भने कतिपयले यौनसम्पर्कको बेलामा पनि सोसल मिडिमा च्याट गर्ने तथा नोटिफिकेसन पनि चेक गर्ने गरेको बताए ।
यौन सम्पर्कको बेलामा स्मार्टफोनमा आउने कलले सबैभन्दा बढी बाधा पु¥याउने गरेको पनि मानिसहरुले बताए । कतिपय जोडीले भने यौन सम्पर्कको बेलामा भिडियो खिच्ने गरेका छन् जसले सम्बन्धमा झन फाटो ल्याउने गरेको छ । यौनक्रिडाको भिडियो खिच्ने बानीले सम्बन्धमा फाटो ल्याउनुका साथै कतिपय भिडियो लिक भइ लज्जास्पद पनि हुनुपर्ने हुन्छ । ४० प्रतिशतले यस्ता भिडियोका साथै नग्न फोटो कैद गर्ने गरेका छन् । मानिसहरु आफ्नो सम्बन्धलाई भन्दा पनि ग्याजेटलाई बढी प्राथमिकता दिने गरेका छन् ।
Labels:
Featured
,
life-style
