राति सुत्ने बानि तपाईको कस्तो छ ? यस्तो छ भने आजै बाट छोड्नु होस्
अन्न पानीको शरीर जहिले पनि बिरामी हुन सक्छ भन्ने हामीले सुनेकै छौँ । हामीले गर्ने हरेक कार्यले हाम्रो शरीरमा प्रभाव पारिरहेको हुन्छ । दिनभरीको थकान पछि खाटमा पल्टिएर आराम त हुन्छ तर राती सुत्दा पनि शरीरमा कस्तो असर पर्न सक्छ भन्ने कुरामा सर्तक रहनुपर्दछ । मानिसहरु सुत्ने समयमा अनेक गल्ती गर्छन् जसले गर्दा विभिन्न रोग तथा समस्या समामना गर्नु पर्छ । खासगरी केही मानिस खाने वित्तिकै ओच्छ्यानमा पल्टिन्छन् । यो राम्रो बानी होइन । यहाँ सुत्ने समयमा गर्न नहुने ७ गल्तीको विषयमा चर्चा गरिएको छ ।
१.रातिमा खाना खाने वित्तिकै सुत्नु हुँदैन । यदि तपाइँ खाना खाने वित्तिकै सुत्ने गर्नु हुन्छ भने मोटो पनको समस्या हुन्छ । यसले पाचन प्रणालीमा समेत समस्या हुन्छ ।
२.खाने वित्तिकै सुत्दा शरीरमा इन्सुलिनको स्तर बढ्छ यसले पाचन प्रक्रियामा समस्या हुन्छ । सुत्नु भन्दा कमसेकम १(२ घण्टा अघि खानु राम्रो हुन्छ ।
३.फोनमा अलार्म लगाएर छेउँमा राख्ने वा ल्यापटप विस्तारामा छोडेर सुत्ने बानी छ भने आजै देखि छोड्नुस् । यस्तो लापरवाहीले तपाइँलाई स्वास्थ्यमा समस्या आउन सक्छ । मोबाइल र ल्यापटपबाट निस्कने इलेक्ट्रो म्याग्नेटिक किरणले कोर्टिजोल नामक हर्मोन बढेर स्ट्रेस बढाउँछ ।
४.शरीर फिट राख्ने भन्दै साँझमा भारी ब्यायाम गर्नु हुन्छ भने यसले पनि असर गर्छ । यसले निद्रामा प्रभाव पार्छ र शरीरमा मेलाटोनिन बढेर तनाव हुन्छ । निरन्तर यस्तो भो भने मोटोपन पनि बढ्छ ।
५.मुटुको समस्या छ र कार्डियो भास्कुलरर कसरत गर्नु पर्छ भने सुत्नु भन्दा कम्तिमा ३ घण्टा अघि गर्नुस् ।
६.टिभी हेर्दै नजिक बसेर खाना खाने बानी छ भने आजै छोड्नुस् । टिभीको नजिक भोजन नगर्नुस् । यसो गर्दा खाना धेरै खाइने र तनाव बढ्ने समस्या हुन्छ । सुत्नु अघि टिभी हेर्नु भन्दा कुनै संगीत सुन्नुस् ।
७.शोधकर्ताहरुका अनुसार हल्का उज्यालो अर्थात लाइट बालेर सुत्दा गहिरो निद्रा नआउने र मोटो पन बढ्ने बताउँछन् ।
Labels:
Featured
,
life-style
