Latest Updates :

साउथका हट नायिकाहरु

SHARE THIS POST :
तपाई साउथ इण्डियन फिल्म कत्तिको हेर्नुहुन्छ ? भाषा नबुझेपनि एक्सन र आकर्षक नायिकाहरुको कारणले भएपनि साउथ इण्डियन फिल्म हेर्ने तपाइ हामी यहीँ छौं । झुसिलकिरा जस्तो जुगाँ सहितका नायकहरुले मस्त कुटेको एक्सन सिन देखि सुन्दरताले भरिएका नायिकाहरुको झलकको लागि भएपनि साउथ इण्डिएन फिल्म नेपाली माझ पनि चर्चित नै छ । यिनै साउथ इण्डियन फिल्मका टप १० हट नायिकाहरु को को छन त ?
१. श्रिया सारन
सन १९८२ सेप्टेम्बर ११ मा भारतको देहरादुनमा जन्मेकी श्रियाको पुरा नाम भने श्रिया पुष्पेन्द्र सारन हो। ५ फिट ६ इन्च उचाइकी यि नायिकाले तलेगु, तामिल, मलायालम र हिन्दी फिल्महरुका साथै केही अङ्ग्रेजी र कन्नड फिल्ममा पनि अभिनय गरिसकेकी छिन् । उनको पहिलो फिल्म २००१ को तेलेगु फिल्म 'इस्तम' हो तर पहिलो व्यवसायिक सफल फिल्म भने २००२ को सन्तोषम रहेको छ ।
२. नयनतारा
सन् १९८४ नोभेम्बर १८ मा भारतको बेंगलुरू मा जन्मेकी नयनताराको पुरा नाम डायना मारियम कुरियन हो । ५ फिट २ इन्च अग्ली यि नायिकाले २००५ मा तामिल भाषाको 'अय्या' नामक पहिलो फिल्म खेलिन र एक वर्ष पश्चात 'लक्ष्मी' फिल्म खेल्दै तेलेगु फिल्म इन्डस्ट्रीमा पनि खाता खोलिन् । २०११ को 'श्री रामा रज्याम' नामक तेलेगु फिल्मको 'सीता' पात्रको लागि 'उत्कृष्ट तेलेगु नायिका'को लागि फिल्म फेयर अवार्ड पनि जितिकी छिन नयनताराले ।
३. नमिथा
सन् १९८१ को मे १० मा जन्मेएकी नमिथाले तेलेगु, तामिल, कन्नड, हिन्दी तथा मलायालम फिल्महरुमा अभिनय गरिसकेकी छिन् । ६ फिट अग्ली यि नायिका सन् २००१ को मिस इण्डिया पेजेन्टमा 'फोर्थ रनर अप' भएकी थिइन जुन बेला सेलिना जेट्लीले मिस इण्डियाको क्राउन लगाएकी थिइन् ।
४. काजल अग्रवाल
सन् १९८५ को जुन १९ मा मुम्बइमा जन्मेकी काजललाइ तेलेगु र तामिल फिल्महरुले सफलताको शिखरमा पुर्याएको छ भन्दा फरक पर्दैन । २००४ को 'क्यु...!हो गया ना' नामक हिन्दी फिल्मबाट बलिउडमा पनि करिअरि अघि बढाइन काजलले । ५ फिट ३ इन्च अग्ली यि नायिकाले खेलेको तेलेगु फिल्म 'मगधिरा' (सन् २००९) तेलेगु इन्डस्ट्रिमा ठुलो हिट बन्यो र यहि फिल्मबाटै 'उत्कृष्ट तेलेगु नायिका' को लागि फिल्म फेयर पनि जितिन काजलले ।
५. तमन्ना भाटिया
सन् १९८९ डिसेम्बर २१ मा मुम्बइमा जन्मेकी तमन्नाले आफ्नो एक्टिङ करिअरको सुरुवात बलिउड फिल्म 'चाँद सा रोशन चेहेरा' फिल्मबाट गरेकी थिइन् । ५ फिट ६ इन्च अग्ली यि नायिकाले साउथको यात्रा भने तेलेगु फिल्म 'श्री' बाट गरेकी थिइन् ।
६. त्रिशा
सन् १९८३ मे ४ मा जन्मेकी त्रिशाको पुरा नाम त्रिशा कृष्णन हो । ५ फिट ८ इन्च अग्ली यि नायिकाले १९९९ मा 'मिस मद्रास' को ताज पनि पहिरेकी छिन् । सन् १९९९ मा तामिल फिल्म 'जोडी' मा सहायक भुमिकामा देखिसकेपछि २००२ मा 'मौनम पेसीयधे' मा पहिलो पटक मुख्य भुमिकामा देखापरेकी थिइन् त्रिशा ।
७. प्रियामनि
सन् १९८४ जुन ४ मा भारतको बेंगलुरूमा जन्मेकी प्रियामनि ५ फिट ६ इन्च अग्ली छिन् । सन् २००४ मा तामिल फिल्म 'कंगलाल कैथू सेइ' र मलायालम फिल्म 'सत्याम' बाट डेब्यु गरेकी प्रियामनिले २००७ मा गाँउको केटीको भुमिकामा खेलेको तामिल फिल्म 'पारूथिवीरन' ले धेरै चर्चा बटुल्यो । फलस्वरुप 'उत्कृष्ट नायिका' को लागि राष्ट्रिय फिल्म फेयर अवार्ड र तामिल नाडु फिल्म फेयर पनि जितिन प्रियामनिले ।
८. इलियाना डी'क्रूज़
सन् १९८७ को नोभेम्बर १ मा मुम्बइमा जन्मेकी इलियाना ५ फिट ५ इन्च अग्ली छिन् । तेलेगु, तामिल र हिन्दी फिल्ममा अभिनय गरिसकेकी इलियानाले तेलेगु फिल्म 'देवदासु' को लागि सन् २००६ मा 'बेस्ट फिमेदल डेब्युट' को लागि फिल्म फेयर पनि जितेकी थिइन् । अनुराग बासुको फिल्म 'बर्फि' बाट बलिउडमा पाइला टेकेकी इलियानाले फेरी 'बेस्ट फिमेदल डेब्युट' कै लागि फिल्मफेयर जितेकी थिइन् ।
९. जेनेलिया डिसूजा
सन् १९८७ अगस्त ५ मा मुम्बइमा जन्मेकी जेनेलिया ५ फिट ६ इन्च अग्लि छिन् । अमिताभ बच्चन संगको 'पार्कर पेन' विज्ञापनमा देखा परेपछि, सन् २००३ मा 'तुजे मेरी कसम' फिल्मबाट आफ्नो करिअर सुरु गरेकी थिइन जेनेलियाले । 'बोमारिलु' नामक तेलेगु फिल्मले २००६ मा फिल्म फेयर पनि जिताएको थियो जेनेलियालाइ ।
१०. असिन थोट्टूमकल
सन १९८५ अक्टोबर २६ मा भारतको कोचीमा जन्मेकी असिन ५ फिट ७ इन्च अग्ली छिन् । यि नायिका भरतनाट्यम नाचमा पोख्त पनि छिन् । आठ वटा भाषा बोल्न सक्ने असिनलाइ कलिउडको रानी पनि भनिन्थ्यो । बलिउडमा भने २००८ मा 'गजिनी' बाट डेब्यु गरेकी थिइन असिनले ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger