Latest Updates :

पुरुषमा शीघ्रस्खलन कम गर्ने ७ तरिका

SHARE THIS POST :
सबैजसो बयस्क पुरुषले आफ्नो जीवनको कुनै न कुनै आफुले चाहेको भन्दा छिटो बेला वीर्य स्खलन भएको अनुभव गरेका हुनु सामान्य कुरा हो । लिंग योनिमा छिराउनासाथ वा छिराउनुभन्दा पनि अघि नै वा कुनै घर्षण नै गर्न नपाई वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी हुने समस्या हो। जति धेरै पुरुषमा देखिने समस्या भए पनि यो शीघ्र स्खलनको समस्या प्राय: जसो शारीरिक भन्दा पनि बढी मानसिक समस्या नै रहेको पाइन्छ। शीघ्र स्खलनको समस्यालाई कम गर्न के गर्न सकिन्छ भन्ने चर्चा गरौँ:

१. हस्तमैथुन गर्ने
हस्तमैथुन गर्ने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो रोक्ने र यो प्रक्रिया दोहार्‍याउने ।
२. चिन्ता कम गर्ने
कतिपय मानिसमा यौन सम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न सक्दिन किन भन्ने गम्भीर चिन्ता हुनसक्छ। आफ्नो यौन जोडीलाई खुशी पार्ने लोभले चिन्ताबढाउछ र यसले नै झन बढी समस्याकोसिर्जना गर्न पनि सक्छ। शीघ्र स्खलनको समस्यालाई कम गर्न सबै भन्दा पहिले चिन्ता बाट छुटकारा पाउनु पर्छ ।
३. यौनसम्पर्क गर्दा बेला बेलामा रोक्ने
जब स्खलन होला जस्तो लाग्छ आफ्नो मन अन्तै तिर लगेर यौन क्रिडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि फेरी यौन क्रिया शुरु गर्ने ।यसो गर्दा लामो समय सम्म यौन क्रिडा गर्न सकिन्छ । यस्तो क्रिया गर्न अभ्यास पर्ने हुन्छ । तेस्तो अभ्यास यौन जोडीसंग सम्पर्क गर्दा भन्दा हस्त मैथुन गर्दा सजिलोहुन्छ ।
कतिपय पुरुषलाई यौन उत्तेजनामा लिङ्गलाई योनिबाट बाहिर झिकेर यौन क्रिया रोक्न गाह्रो हुन्छ भने हस्तमैथुन गर्दा भने हात एक छिन रोक्न सजिलो हुन्छ ।
४. लिंगको फेदमा समात्ने
यौन क्रिया गर्दा स्खलन हुन लागेमालिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदमा बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने। यसरी स्खलन रोकेर यौन उत्तेजना केही कम भएपछि फेरी यौनक्रिडा सुरु गर्ने।
५. आशन परिवर्तन गर्ने
यौन क्रिडा गर्दा महिलामाथि पुरुष तल सुतेर यौन क्रिडा गर्दा पनि शीघ्रस्खलन कम भइ लामो समय सम्म यौन क्रिडा गर्न सकिन्छ ।
६. कन्डमको प्रयोग
कन्डमले पनि कतिपय पुरुषलाई शीघ्र स्खलनको समस्या कम गर्छ। योनी र लिंगको बीचमा बस्ने कन्डमले पुरुषमा उत्तेजना कम गरेर लामो समय सम्म यौन सम्पर्क गर्न सहयोग गर्छ ।
७. मांसपेशीको कसरत
पिसाब रोक्न जुन मांसपेशी प्रयोग हुन्छ सोही मांसपेशीले वीर्य स्खलन रोक्न पनि सहयोग गर्छ। तेसैले बेला बेलामा यो मांसपेशीको कसरत गरे पनि शीघ्रस्खलन कम गर्न सहयोग पुग्दछ ।
यी सबै उपायहरु हस्तमैथुन गर्दै प्रयोग गर्ने र वीर्य स्खलन हुन लाग्दा रोक्ने गर्दै प्रयोग गरेरलामो समय सम्म
वीर्य स्खलनलाई नियन्त्रण गर्न सके पछि यौन साथी संग प्रयोग गर्नु पर्दछ । अझ आफ्नो यौन साथीलाई पनि बीर्य स्खलन ढिलो गर्न सहयोग गर्न भनेमा यौन क्रिडामा अझ रमाइलो र आरामदायी अनुभब लिन सकिन्छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger