Latest Updates :

दिनमा २० पटक सेक्स गर्न सक्ने नेपाली महिला

SHARE THIS POST :
मलाई धेरै नै यौन इच्छा हुन्छ, म १८ वर्षीया अविवाहित युवती हुँ। मलाई धेरै नै यौन इच्छा हुन्छ, तर म केटा साथीहरूसँग सम्पर्क राख्न चाहन्नँ। यस्तो अवस्थामा मैले के गर्नुपर्ला ? यौनइच्छा किन ?
यौनइच्छा जीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनइच्छा हुन्छ। यौनइच्छा एकदम स्वाभाविक हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ। यो आधारभूत कुरा भएको हुनाले यसलाई मस्तिष्कको एक भागले सञ्चालन गर्छ। प्राणीहरूको विकासक्रमलाई हेर्न हो भने मस्तिष्कको यो भाग करोडौं वर्ष पहिले नै विकसित भएको देखिन्छ। मानिसमा मस्तिष्कको अन्य भाग विकसित हुँदै गए पनि मस्तिष्कको उक्त भागले अझै पनि प्रारम्भकै जस्तो महत्वपूर्ण भूमिका खेलिरहेको छ।

यौनसम्पर्कबाट नै जीवनको सुरुवात भएका हामी सबैका लागि यौनसम्पर्क गरेर वंशवृद्धिलाई निरन्तरता दिनु दायित्व पनि हो। हाम्रो प्रमुख जैविक कार्य सन्तान उत्पत्ति हो, तर अहिले पहिलेको जस्तो वंश निरन्तरताका लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन। त्यसैले आनन्दका लागि यसको प्रयोग निकै हुने गरेको छ।
कसरी सञ्चालित हुन्छ ? मोटामोटी रूपमा हेर्दा यौनइच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन्। एक त इन्डोक्राइन प्रणालीअन्तर्गतका रागरसहरूले महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणालीले। पहिले इन्डोक्राइन प्रणालीले यौन क्रिया सञ्चालनमा भूमिका निर्वाह गर्छ। रागरसको प्रभावः यौनइच्छा जाग्ने वा त्यसको व्यग्रतामा रागरसको महत्वपूर्ण भूमिका हुन्छ। यौन क्रियाकलापभन्दा टेस्टेस्टेरोनले यौनइच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ। महिलामा पनि टेस्टेस्टेरोनले नै यौनइच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ।

इन्दि्रयहरूका कुरा : यौन क्रियाका लागि पनि हाम्रा इन्दि्रयहरूले महत्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरू नभैनहुने कुरा हुन्। हाम्रो शरीरलेे कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्दि्रकता हो। यो हाम्रो शरीरका पाँच इन्दि्रय- दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो। यसमध्ये कुनै इन्दि्रयबाट आनन्द प्राप्त गर्नु नै ऐन्दि्रकता हुनसक्छ।
यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो। मस्तिष्कको भूमिका : यौन सम्पर्कलाई ‘शारीरिक सम्बन्ध’ भनिए पनि यसको मानसिक पाटो एकदमै महत्वपूर्ण हुन्छ। यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ। वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई ‘स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो’ भनेर परिभाषित गर्न सकिन्छ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger