
बिबिसीका अनुसार उनको पिता जर्ज मेस्सीलाई पनि कर छलीको आरोपमा जेल सजाय सुनाइएको छ ।
मेस्सी र उनको पितामाथि सन् २००७ र ०८ को बीच्मा ४.१ मिलियन युरो कर छलेको आरोप छ ।
बेलिज र उरुग्वेमा रहेको ट्क्यास हेभन प्रयोग गरेर आफ्नो आम्दानी लुकाए बापत दुवैले ठूलो जरिवाना पनि तिर्नुपर्नेछ ।
यद्यपि, उनीहरुले जेल भने बस्नुपर्ने छैन ।
स्पेनको कानुन अनुसार दुई वर्षभन्दा कम सजाए पाएकाहरु जेलबाहिरै नियन्त्रणमा रहन सक्छन् ।
मेस्सी र उनका पिता तीनवटा मुद्दामा दोषी पाइएका छन् । उनले इमेज राइट बापत कमाएको रकम लुकाएको पाइएके छ ।
यता, मेस्सीले भने आफ्नो आर्थिक हिसाब किताबबारे अनभिज्ञ रहेको र खेलमा मात्र व्यस्त रहेको बताउँदै आएका छन्