Latest Updates :

रोबटसँग यौनसुख

SHARE THIS POST :
यौन जीवनको प्रमुख आवश्यकता मानिन्छ। बढ्दो उमेरसँगै मानिसलाई यसको आवश्यकता पनि पर्दै जान्छ। तर भनेको बेला यौन पार्टनर नपाउँदा कतिपय मानिसहरु डिप्रेसनको सिकार भएका उदाहरण पनि प्रशस्त छन्। यही कुरालाई मध्यनजर गर्दै एउटा सेक्स डलको विकास भएको छ। जसले तपाईँले यौन चाहनालाई पूरा गर्नेछ। जब तपाईँको मन जाग्छ तब तपाईँको यौन चाहना पूरा गर्न एन्ड्रोइड सेक्स डल सहवासका लागि तयार हुन्छ।
सेक्स डलबाटै यौनसुख पूरा गर्न सकिने भएपछि आगामी दिनमा युवा पुस्तामाझ यसको लोकप्रियता झनै बढ्ने विज्ञहरुले बताएका छन्। उनीहरुले एउटा पुरुष वा महिलालले आफ्नो 'भर्जिनिटी' पनि सोही सेक्स डलबाट तोडाउने पनि उल्लेख गरेका छन्।

एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने उक्त सेक्स डल हाल अमेरिका र जापानका बजारमा उपलब्ध छन्। यी यौन रोबट खेलौना बोल्छन् र केही कुरा बु‰छन् पनि। त्यसैले ती डलले पर्याप्त यौनसुख दिलाउन सक्ने विज्ञहरुको दाबी छ। 
महिला सेक्स डलको नाम रोक्सी र पुरुष सेक्स डलको नाम रकी राखिएको छ। यी डललाई निकै कामूक तथा आकर्षक बनाइएको छ। जसले युवाहरु मरिहत्ते गरुन्। विशेषज्ञहरुका अनुसार यस्ता रोबोट सेक्स डलसँगको यौनसम्बन्ध भने निकै घातक हुनसक्छ। रोबटसँग सेक्स गरिसकेपछि मानिससँग सेक्स गर्न निकै कठिनाइ हुने उनीहरुको भनाइ छ।
समाजलाई हानिकार
निकट भविष्यमा किशोरकिशोरीहरु यौन डलको लतमा फस्ने विश्लेषकहरु बताउँछन्। जसले समाजलाई नै गलत बाटोमा डोर्‍याउनसक्ने उनीहरुको बुझाइ छ। 'अगामि दिनमा किशोर किशोरीहरु तिनै यौन डलहरुबाट आफ्नो 'भर्जिनिटी' तोडाउन उद्यत हुनेछन्,' सेफिल्ड युनिभर्सिटीका प्राफेसर नोएल सार्कीले चेतावनी दिँदै भने, 'यसले पूरा समाजलाई हानी गर्छ।'


उनले अगामी दस वर्षमा यो समान्य हुने भएकाले यसको प्रयोगमा उमेर हदबन्दी लगाउनुपर्ने बताए। उनले मेसिनसँग सहवास गर्नु समस्या नरहेको तर यो पहिलोपटक हो भने समस्या उत्पन्न हुनसक्ने बताए। 'समस्या सहवास गर्नुमा होइन, यदि मेसिनसँगको सहवास पहिलोपटक हो भने पछि विपरित लिंगीसँगको सहवास कस्तो होला,' उनले प्रश्न गरेका छन्।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger