काभ्रेमा पछिल्लो समय यौनधन्दा फस्टाएको छ । घरबाट निकालिएका र माइतमा पनि बस्न नसकेका महिलाले सन्तान पाल्न यौनधन्दा गर्दा उनका सन्तानहरु पनि पेसामा लागेका छन् । एक किशोरीले भनिन्, ‘आमाछोरी नै यो पेसामा छौँ, दिदी र आमा काठमाडौँमा हुनुहुन्छ, म बनेपामा धन्दामा छु ।’
धनदेवी ९नाम परिवर्तन० १९ वर्षकी भइन् । उनी आफ्नी २१ वर्षकी दिदीसँगै यौनधन्दामा सक्रिय छिन् । उनका अनुसार ४१ वर्ष पुगिसकेकी आमा समेत यौनधन्दा गर्छिन् । ‘गाउँबाट बुबाले मम्मीलाई निकालिदिएपछि मम्मीसँगै मामाघर आयौँ ।
यौन धन्दामा पुग्नुअघिको विवरण उनले सुनाइन । भनिन्, ‘म त्यतिबेला १२ वर्षकी थिएँ ।’ कक्षा आठमै पढ्दा यौनधन्दामा लागेको रहस्य उनले खोलिन् । भन्छिन्, ‘दिदी नौमा पढ्दै हुनुहुन्थो, मामाघरमा पनि मम्मी र माइजु झगडा भएपछि मम्मीले दिदी रीता९नामपरिवर्तन० र मलाई काठमाडौंमा ल्याउनुभयो ।
हामी पहिला काठमाडौंमा एउटा कोठा लिएर बस्थ्यौँ, दिउँसो चटपटेको सानो पसल पनि गरेका थियौँ । सधैँ मम्मीको काममा म र दिदीले सकेको सहयोग गथ्र्यौँ किनकि हामीले पढ्न छोडिसकेका थियौँ, मम्मी आएको एक महिनापछि भने मेरो रातको पनि काम मिल्यो भन्दै रातमा पनि जान थाल्नुभयो, काम के हो भनेर हामीले सोध्दा बिजुली अफिसमा भन्नुभएको थियो एक दिन दिदी र म जाँदा पत्ता लाग्यो मम्मी यौन पेसामा हुनुहुँदो रहेछ ।’
आमाले झूठो बोलेको पत्तो पाएपछि स्तब्ध बनेकी धनमाया दिदीलाई समेत एक अपरिचितसँग पैसाको बार्गेनिङ गर्दै गरेको अवस्थामा भेटेपछि चकित खाएकी थिइन् । आफ्नी आमा र दिदी काठमाडौंमा रहेको बताउने यी यौनकर्मी आजकल बनेपामा छिन् ।
बनेपामा १९ देखि ४१ वर्षसम्मका यौनकर्मीहरू छ्यापछ्याप्ती भेटिन्छन् । होटल व्यवसायी ऐन नियमको अभावमा यौन व्यवसाय फस्टाउँदै गएको स्वीकार्छन् । प्रहरीले साना–तिना होटलमा छापा मार्ने गरे पनि ठूलो होटल र रिसोर्टमा यौन व्यवसाय फस्टाउँदै गएको उनीहरूको आरोप छ । बनेपाको हाईवेमै सञ्चालित एक रिसोर्टका व्यवसायी भन्छन्, ‘प्रहरीलाई महिनैपिच्छे पैसा बुझाएका छौँ र त चुप छन् ।’
बढ्दो जनसंख्या, शैक्षिक बेरोजगारी र राज्यले बेरोजगारीको वैकल्पिक उपाय दिन नसक्दा यस्तो समस्या हरेक क्षेत्रमा बढ्दै गएको धेरैको ठम्याइ छ । सरकारले रोजगारी दिन नसकेकै कारण वैकल्पिक उपायका रूपमा यौनधन्दालाई अपनाएको यौनकर्मी बताउँछन् । इन्स्पेक्टर दीपक भारती भन्छन्, ‘यस्तो व्यवसाय निर्मुल पार्न सकिन्नँ ।
तर सबैको साथ, सहयोग भएमा न्यूनीकरण गर्न अवश्य सकिन्छ ।’ उनी यौन व्यवसायलाई साथ दिने जो–कोहीमाथि प्रहरीले कारबाही गर्ने बताउँछन् । काभ्रेमा अधिकांश विदेसिएका पतिका पत्नी र र कलेज पढ्ने विद्यार्थी यौनकर्ममा संलग्न रहने गरेको पाइएको छ । यौन व्यवसायसम्बन्धी ऐन, नियम नहुँदा यस्तो समस्या बढेको हुनसक्ने पनि कतिपयको आँकलन छ । कतिपयले कसले रहर त कसैले वाध्यतामा यौनपेसा सुरु गर्ने गरेको खबर सौर्य दैनिकले छापेको छ ।