Latest Updates :

बुहारीलाई गर्भ बोकाएपछि ससुरा नै बने श्रीमान

SHARE THIS POST :
जेठ,२२-बुहारीको गर्भलाई उनकै छोराको अवैध गर्न भन्न बाध्य पार्ने ससुरा अन्ततः बुहारीको पति ठहरिएका छन् ।जिल्ला अदालत स्याङ्जाका जिल्ला न्यायाधीश चिन्तामणि बरालको एकल इजलासले शीतली गोदारका ससुरा तिलबहादुर गोदारलाई पति ठहर गरेको छ ।

शीतलीलाई तिलबहादुर मासिक ४ हजार रुपैपाँ खर्च र अंश दिनुपर्ने फैसला अदालतले गरेको छ ।अदालको यो फैसला विगत डेढ वर्षदेखि नाता कायमसँगै अंश मुद्धा खेप्दै आएकी ४० वर्षीया शीतलीलाई न्याय मिलेको छ भने अबोध बालक छोरालाई राहत पुगेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

पति विदेश गएको बेला ससुरासँगको शारीरिक सम्बन्धपछि गर्भ रहेको र गर्भपतनका लागि ससुराले पोखरासम्म लिएर गएको शीतलीले बताइन् ।सुसुरासँग अवैध सम्बन्धिपछि गर्भ रहेको बताउने शीतलीले अनुसन्धानकै क्रममा एकाएक बयान फेरेकी थिइन् ।

पुरानो बयान फेर्दैै उनले गर्भको बच्चा आफ्नै १४ वर्षे छोराको भनी अर्को बयान दिएकी थिइन् ।तर यो बयान पत्याउनै नसकिने भएपछि करकापमा यसो भन्न बाध्य गराएको भन्दै वालिङवासीले आन्दोलन नै चर्काएका थिए ।अबोध बालकमाथिको आरोपको विरोध गर्दै शीतलीको गर्भको सही छानविन गर्न माग गर्दै स्थानीयले आन्दोलन गरेका थिए
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger