आफुले अभिनय गरेको चलचित्रे बलिउडमा कमाल गर्न नसकेपछि नायिका सन्नी लियोनीले आईटम डान्सलाई महत्व दिन थालेकी छिन् । कन्नड चलचित्र ‘लभ यू आलिया’ मा सन्नीले विषेश डान्स गर्ने भएकी छिन् । निर्देशक इन्द्रजीतका अनुसार सन्नीको डान्सकै लागि भनेर विशेष सेट तयार हुने भएको छ ।
सन्नीलाई ग्ल्यामर्स अवतारमा प्रस्तुत गर्ने योजनामा रहेका निर्देशक इन्द्रजीत गीत राम्रो हुनेमा आशावादी छन् । सन्नी अभिनित पछिल्ला चलचित्र असफल भएपनि उनको आईटम डान्सले भने चर्चा पाउने गरेको छ । पछिल्लो पटक ‘एक पहेली लीला’ मा उनले गरेको डान्सको निकै चर्चा भएको थियो । अर्को चलचित्र ‘कुछ कुछ लोचा है पूर्ण रुपमा असफल भएको थियो ।