यौन दुव्र्यवहारको आरोपमा नेपालीक्रिकेट टोलीका फिजियो डा. अइजाज बसिर असाई आयरल्यान्डमा पक्राउ परेका छन् । हतकडी लगाएर बेलफास्टको स्थानीय अदालत पुर्याइएका उनलाई नेपाली टोलीको जमानीमा दुई हजार पाँच सय युरो धरौटी राखेर रिहा गरिएको छ । आयरल्याण्डको वेभ पोर्टल वेलफास्ट टेलिग्राफका अनुसार डा. असाईको धरौटी बुझाउन नेपाली टोलीका टिम लिडर दीपक कोइराला र म्यानेजर छुम्बी लामा अदालत पुगेका थिए । नेपाल क्रिकेट संघका कार्यवाहक अध्यक्ष समेत रहेका कोइरालाले टोली नै जमानी बस्ने बताएपछि असाई रिहा भएका हुन । धरौटीमा रिहा भएपनि अदालतले डा.असाइलाई आफुखुसी घुम्न र काम गर्न बन्देज लगाएको छ ।
अदालत नजिककै होटलमा उनले बस्नुपर्ने प्रारम्भिक फैसला अदालतले गरेको छ । न्यायाधिश जोय राइसले अन्तिम फैसला नभएसम्म असाइलाई अदालत नजिकैको स्ट्राङफोर्ड आर्मस होटलमा राख्नुपर्ने फैसला सुनाएका छन् । १२ अगस्टमा उनीमाथिको अभियोगबारे फैसला हुनेछ । अदालतले तोकेको होटेलमा रहुन्जेल असाईले घटनाका प्रत्यक्षदर्शी कसैसँग पनि भेट्न पाउने छैनन् । हप्तामा तीनपटक प्रहरी कार्यलय पुगेर हाजिरी गर्नुपर्नेछ । असाईको पासपोर्ट स्थानीय प्रहरीले राख्नेछ ।
क्यानले गर्यो बर्खास्त अन्तर्राष्ट्रिय मिडियामा डा.असाई पक्राउ परेको समाचार आएपछि नेपाल क्रिकेट संघले बिहीबारदेखि नै लागू हुने गरी उनलाई बर्खास्त गरेको छ । ‘हामीलाई जानकारी आएपछि आजकै दिनदेखि लागू हुने गरी फिजियो डा. असाईलाई हटाएका छौँ,’ संघका महासचिव उत्तम कर्माचार्यले नयाँ पत्रिकासँग भने ।
असाईले नेपालको नाम बदनाम गरेको उनले बताए । बिहीबारै नेपाली टोली पुवुवा न्युगिनी र जर्सीविरुद्ध प्रतिस्पर्धा गर्न स्कटल्यान्ड गइसक्यो । घटना यस्तो थियो नेपाली टोली बसेको ला मोन होटेलमा डा. असाईले मसाज गराएका थिए । मसाज गर्ने महिलाले आफूमाथि यौन दुव्र्यवहार गरेको उजुरी गरेपछि प्रहरीले असाईलाई होटेलबाटै हतकडी लगाएर अदालत पुर्यायो । महिलालाई डा. असाईले दुव्र्यवहार गरेको बेलफास्ट टेलिग्राफ अनलाइनले जनाएको छ ।
पछि होटेल म्यानेजरकै अगाडि उनले ती महिलासँग माफी माग्दै १० युरो टिप्स पनि दिएका थिए । तर, ती महिलाले माफी दिन मानिनन्, टिप्स पनि लिइनन् । डा. असाईले मसाज गर्दा होटेलको नियमसमेत पालना नगरेको टेलिग्राफले लेखेको छ । नियमअनुसार मसाज गर्दा भित्री वस्त्र लगाउनुपर्छ । तर, उनी निर्वस्त्र सुतेका थिए । ‘डा. असाईले महिलालाई पूरै शरीर मसाज गर्न लगाए, यस क्रममा उनले भित्री वस्त्र पनि लगाएनन्,’ टेलिग्राफले लेखेको छ । अब मुद्दा अदालतमा पुगेको छ । नयाँ पत्रिकामा खबर छ