Latest Updates :

यौन उत्तेजना बढाउने यस्तो औषधी दनादन ! तपाईंले त प्रयोग गर्नु भएको छैन नि ?

SHARE THIS POST :
नेपालमा प्रतिबन्धित रहेका भारतमा निर्मित यौन उत्तेजना बढाउने औधषिहरु यहाँ खुलेआम बिक्री हुने गरेका छन्। जनकपुरमा अनियमित तवरले यौन क्षमता बढाउने औषधी प्रयोग गर्नेको सङ्ख्या वृद्धि हुन थालेपछि यहाँका औषधी व्यवसायीले यस्ता औषधी खुलेआम बिक्री गर्न थालका हुन्।

चिकित्सकको सल्लाहबिना यौन क्षमता अभिवृद्धि गर्ने औषधीको अनियमित प्रयोग गर्नेको सङ्ख्या विगत एक वर्षयतादेखि बढ्दै गएको औषधी पसलेको भनाइ छ।

यहाँका औषधी पसलमा यौन उत्तेजना बढाउने औषधी खरिदमा ४० देखि ७० वर्षसम्मका मानिस रहेको राममन्दिर पछाडि रहेको एक औषधी पसलेले बताए।

दैनिकजसो यौन क्षमता बढाउने खालका औषधी भियाग्रा, आइमा, टेनटेक्स, डाक्टर एक्स, म्यान फोर्स, मेडिग्रालगायतका औषधी अत्यधिक बिक्री हुने गरेको बताइन्छ।

यहाँका औषधी पसलमा सरदर ५०० देखि एक हजार जनाले दैनिक यौनबर्द्धक औषधी खरिद गर्ने गरेको पसलेहरु बताउँछन्।

चिकित्सकको सल्लाहबिना युवायुवती तथा वृद्धहरुले स्थानीय औषधी पसलबाट यस्ता यौनबर्द्धक औषधी प्रयोग गर्दा स्वास्थ्यमा समेत नराम्रो असर पर्ने भए पनि यसको प्रयोग बढिरहेको देखिएको छ।

यस्ता औषधीको जथाभावी प्रयोगले मुटुको समस्या, ब्रेन ट्युमर, आँखाको समस्या, श्रवणशक्ति कमजोर हुने, टाउको दुख्ने र बान्ता आउने हुन्छ।

जनकपुर अञ्चल अस्पतालका मेडिकल अधिकृत डा सुरेन्द्रकृमार कर्ण भन्नुहुन्छ ( यस्ता औषधीको जथाभावी प्रयोग मुटुरोगी, मिर्गौला रोगी र लिभर रोगीलाई घातक हुनसक्छ।

स्त्रीरोग विशेषज्ञ डा वीरेन्द्र साह गैर कानुनीरुपमा यस्ता औषधी बिक्री गर्ने औषधी पसललाई राज्यले कारबाही गर्नुपर्ने ।

चिकित्सकहरु भन्छन्, यौनबर्द्धक औषधीको अन्धाधुन्द प्रयोगले पुरुषको स्वास्थ्यमा त असर पार्छ नै महिलाले यसको प्रयोग गरेमा रक्तश्रावजस्तो जटिल समस्या आउने सक्छ। रासस

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger