Latest Updates :

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भन्छन कैलाली घटनाको जिम्मेवार व्यक्ति बाबुराम भट्टराई हुन् !!!

SHARE THIS POST :
बाबुराम भट्टराईले स्थिति भड्काएःदेउवा
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले अहिलेको स्थितिलाई एमाओवादीका नेता बाबुराम भट्टराईले भड्काएको आरोप लगाएका छन्।
संवाद समितिको सभापति जस्तो गरिमामय पदमा रहेको मान्छेले तल्लो स्तरको लान्छना लगाएर स्थिति भड्काउन नहुने उनले बताए।

मंगलबार आफ्नैं निवासमा   टिकापुर घटनाबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै देउवाले भने,‘ पछिल्लो समयमा बाबुराम भट्टराईले ट्विटमार्फत सामाजिक सद्भाव भड्काउने खालको अभिव्यक्ति दिएकाले स्थिति असहज भएको हो।’

‘समितिको सभापति जस्तो मान्छेले बाहिर फरक फरक कुरा गर्न मिल्दैन। उहाँले झगडा निम्त्याउने कुरा गर्नुभएको छ। अहिलेको स्थितिमा थारूहरूलाई उक्साउनु हुन्न। तल्लो स्तरको लान्छना लगाएर मलाई पनि अपमानित गर्नुभएको छ। यस्तो गर्नु राम्रो होइन।’
म थारूहरूकै पक्षमा छु। थारूहरूकै हक हितका लागि लडिरहेको छु। कमैया मुक्ति र थारूहरूको अधिकारको लागि लडेको र भूमिहिन थारूहरूलाई १० कट्टा जग्गा मैले नै उपलब्ध गराएको हुँ म कसरी थारू विरोधी हुनसक्छु भन्दै उनले प्रश्न गरे।
कैलालीका मान्छेहरूले काठमाडौं आउनु परो भने भारत भएर आउनु पर्ने बाध्यतालाई मैले २२ वटा पुल बनाएर नेपालसँग जोडेको छु,’ उनले भने‘ जिल्ला तोड्नुहुन्न भनेर त मैले पहिले नै भनेको हुँ जिल्ला तोड्दा के हुन्छ भनेर रूकुम, बागलुङ र पर्साको उदाहरणबाटै थाहा भयो।’
यस्तै उनले कैलाली घटनाको विरोध गर्दै निष्पक्ष छानबिन गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger