Latest Updates :

कसरी भयो प्रहरीमाथि आक्रमण ? भाला, चक्कु, खुँडालगायतका हतियारले आक्रमण गरे

SHARE THIS POST :
कैलाली–कञ्चपुर अखण्डमा मिसाउन नहुने र स्वायत्त थरुहट प्रदेशको माग गर्दै स्थानीय प्रदर्शनमा उत्रिएपछि नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने र सशस्त्र प्रहरीका एसपी लक्ष्मण सिंह प्रदर्शन नियन्त्रणका लागि टीकापुरको दुर्गौली खटिएका थिए।

सुरक्षा स्रोतका अनुसार प्रहरी प्रदर्शनकारी निकट जाने क्रममा एक्कासी प्रदर्शनकारीले प्रहरीको समूहमाथि भाला, चक्कु, खुँडालगायतका हतियारले आक्रमण गरेका थिए । उनीहरुले प्रहरीलाई थुतेर भीडको बीचमा लगेर आक्रमण गरेपछि बाँकी प्रहरी पछि हटेका थिए।

प्रदर्शनकारीले ढुंगामुढा गरी प्रहरीलाई प्रदर्शनकारी भएतिर आउन अवरोध पुर्‍याएका थिए। करिब २० मिटर पछि हटेर प्रहरीले प्रदर्शनकारीतिर टियर ग्यास हानी हवाइ फायर गरेपछि प्रदर्शनकारी केही पछि हटेका थिए । सुरक्षा स्रोतका अनुसार प्रदर्शनकारी केही पछि हटेपछि नियन्त्रणमा लिएका प्रहरी अवस्था हेर्दा अधिकांश घाइते र केही मारिएका थिए।

मारिएकामध्ये एकलाई प्रदर्शनकारीले आगो लगाए जलाएका थिए भने अन्यलाई धारिलो हतियारले हानेका थिए। अहिले सो क्षेत्रमा दुबै प्रहरीले थप जनशक्ति खटाएका छन् । सशस्त्र प्रहरीले तीन सय बढी जनशक्ति दुर्गौलीमा पुर्‍याएको छ भने प्रहरीलेसमेत सोही संख्या बराबरको जनशक्ति परिचालन गरेको छ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger