Latest Updates :

प्रहरीले घैंटे लाइ मारे पछी अरु डन हरुको सात्तो गयो ! कोहि आत्मसमर्पणमा कोहि विदेश टाप

SHARE THIS POST :
राजधानीका चर्चित डन कुमार घैँटे मारिएपछि गुन्डागर्दीमा संलग्नहरू तर्सिएका छन् । राजधानीका केही गुन्डाले देश छाडेका छन् भने घैँटेकै समूहमा रहेका एकजनाले आत्मसमर्पण गरेका छन् । नेपालगन्जमा गत महिना चेतन मानन्धरको हत्या आरोपमा फरार रहेका घैँटेनिकट रिगल ढकालले सोमबार जिल्ला अदालत बाँकेमा आत्मसमर्पण गरेका हुन् ।

अदालतले मंगलबार उनलाई पुर्पक्षका लागि जेल चलान गरेको छ । आफूलाई काठमाडौं प्रहरीले खोजी गरेको थाहा पाएपछि ढकालले आत्मसमर्पण गरेका हुन् । राजधानीमा नाम चलेका अरू डनहरूसमेत अर्धभूमिगत भएका छन् । घैँटेको समूहमा रहेका धेरैले राजधानी छाडिसकेको स्रोत बताउँछ । प्रहरीले उनको समूहमाथि नै छानबिन अघि बढाएपछि सहयोगीहरू भागेका हुन् ।
डन गणेश लामाले भने नेपाली नागरिकले बाँच्ने अधिकार पाउनुपर्ने बताएका छन् । लामाले गत शुक्रबार फेसबुकमा लेखेका छन्, ‘नेपाल हामी सबैको हो, आफ्नो देशमा सबैले बाँच्ने अधिकार हुन्छ ।’ घैँटे मारिएपछि अन्य गुन्डाका नाइकेविरुद्ध समेत उजुरी आउन थालेको महानगरीय अपराध महाशाखा स्रोत बताउँछ । महाशाखाका एक अधिकारी भने घैँटे इन्काउन्टरको एउटा उद्देश्य गुन्डागर्दीमा संलग्नलाई सन्देश पनि भएको बताउको नयाँ पत्रिकामा खबर छ ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger