Latest Updates :

लिङ्ग उत्तेजित हुँदा पनि यौनसम्पर्क राख्न बाधा भएको छ लिंगमा केहि समस्या छ कि ?

SHARE THIS POST :
Phimosis भएको हो भने circumcision भनिने एक किसिमको साधारण शल्यक्रिया गरी उपचार गर्न सकिन्छ । तपाईले यौन सम्पर्क राखिनसकेको कुरा लेख्नुभएको छ तर पनि लिङ्ग उत्तेजित हुँदा वा हस्तमैथुन गर्दा केही असजिलो भएको छ कि छैन लेख्नुभएको छैन । त्यस्तो छ भने त्यो पनि चासोको विषय हो ।

के गर्नु पर्ला ?

 भन्ने अवस्थाको उपचार एक किसिमको साधारण शल्यक्रिया अर्थात् काट्नु नै हो, जसलाई Circumcision भनिन्छ । यसका लागि शल्यचिकित्सकसँग सम्पर्क राख्नुपर्छ ।

शल्यक्रिया गरिनुपर्ने मुख्य कारण यौनसम्पर्कका बेला यसैका कारणले केही बाधा उत्पन्न हुनु हो । तपाईंको प्रश्नका आधारमा हेर्दा हालसम्म यौनसम्पर्क नराख्नुभएकाले यसका लागि केही समय पर्खनुपर्छ । हस्तमैथुन गर्नुभएको छ भने त्यसमा कुनै समस्या भए–नभएको पनि थाहा भएन । मुख्य कुरा के हो भने अग्रचर्म (बाहिरी छाला) लाई पछाडितिर फर्काउन नसक्दा लिङ्ग उत्तेजित हुँदा असजिलो हुने वा सम्भोग गर्दा नै अप्ठ्यारो पर्ने हुन सक्छ, तर उपचारपछि यौनसम्पर्क राख्न बाधा पर्दैन, त्यसैले डराउनुपर्ने स्थिति छैन ।यस किसिमको शल्यक्रियाका लागि अस्पताल भर्ना हुनुपर्ने आवश्यकता पर्दैन । वास्तवमा यस्तो किसिमको शल्यक्रिया १०–१५ मिनेटमै सकिन्छ । बाल्यावस्थामै यस्तो शल्यक्रिया गर्दा बेहोस गराइरहनुपर्ने आवश्यकता पनि पर्दैन ।

दुखाइ मार्ने सुईको प्रयोग नै पर्याप्त हुन्छ । शल्यक्रिया गरेको केही बेरपछि घर जान सकिन्छ । शल्यचिकित्सकको सल्लाहबमोजिम पीडा कम गर्ने तथा अन्य औषधी सेवन गर्नुपर्ने हुन सक्छ । त्यसबाहेक केही दिनपछि आफ्नो घाउ जँचाउन पुन: शल्यचिकित्सक कहाँ आउनुपर्छ । यस किसिमको शल्यक्रियामा साधारणत: धेरै खर्च पनि लाग्दैन । आफ्नो अवस्थाको उपचारका लागि अस्पताल वा अन्य स्वास्थ्य सेवा दिने केन्द्रहरूमा गएर शल्य चिकित्सा विभागमा वा शल्यचिकित्सकसँग भेट्नुहोला ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger