बलिउडमा बोल्ड चलचित्रहरुमा हेट स्टोरीलाई मानिन्छ । हेट स्टोरी, हेट स्टोरी २ को सफलतापछि ‘हेट स्टोरी ३’ बनेको छ । त्यहि क्रममा ‘हेट स्टोरी ३’ को ट्रेलर सार्वजनिक भएको छ । ४ डिसेम्बरबाट प्रदर्शनमा आउन लागेको चलचित्र हेट स्टोरी ३ मा अभिनेत्री जरिन खानको बेडसिन निकै आर्कषक तरबले प्रस्तुत गरिएको छ । सार्वजनिक ट्रेलरको अधिकाशं दृश्य जरिनले बेडसिन दिएकी छिन् भने अर्की अभिनेत्री डेजी शाहले पनि उत्तेजक बेडसिन दिएकी छिन् ।
खबरका अनुसार ट्रेलरमा जरिनले दिएको बेडसिनले बोल्डनेसको सबैहद पार गरेको बताइएको छ । उनका केहि बेडसिनहरु दर्शकहरुले पचाउन नसक्ने खाल्का समेत छन् । करण सिंह ग्रोवर र शरमन जोशीले यि दुबै हिरोइनसँग बेडसिन दिएका छन् । बिशाल पाण्डेले निर्देशन रहेको यो चलचित्रलाई भारतमा प्रतिबन्ध लगाइन सक्ने विभिन्न सञ्चारमाध्यमहरले खबर प्रकाशन गरेका छन् ।
ट्रेलर हेर्नुहोस्: