Latest Updates :

यौन सन्तुष्टि नहुँदा आत्मग्लानी किन हुन्छ ? यौन व्यापार गर्नेकोमा धेरै जान्छु सन्तुस्ट हुन्न किन होला ?

SHARE THIS POST :
 करुणा कुँवर
म ३२ वर्षीय विवाहित पुरुष हुँ । यौनसम्पर्कमा मलाई धेरै नै रुचि छ । म दिनमा धेरैपटक यौनसम्पर्क गर्न चाहने मध्येमा पर्छु होला । मलाई एउटा कुराले सधैं कौतूहल र जिज्ञासा पैदा गर्छ । त्यो के भने यौनचाहना हुँदा यौन व्यवसाय गर्नेहरूकहाँ जान्छु तर यौन सन्तुष्टि हुँदैन र सम्पर्कपश्चात् ग्लानी महसुस हुन्छ । मेरा यी क्रियाकलापका बारेमा श्रीमतीलाई कुनै जानकारी छैन । मिल्ने साथीसँग यो विषयमा सोध्छु, तैपनि कसैबाट चित्तबुझ्दो जवाफ पाउन सक्दिनँ । यस्तो चाहना बढी मात्रामा किन आउँछ र फेरि किन ग्लानि हुन्छ ? मि.

क.सैप्रतिको आकर्षण, यौनसम्बन्ध र वास्तविक प्रेमसम्बन्ध फरक कुरा हुन् । यो उमेरमा यौनका विषयमा चासो राख्नु अस्वाभाविक होइन, तर प्रेम र यौनका गतिविधिहरूमा हामीले देश, समाज र परिवेशले निर्धारण गरेको मापदण्डअनुसार आफूलाई समायोजन गर्नुपर्ने हुन्छ । त्यसैअन्तर्गत आफ्ना व्यक्तिगत मापदण्ड बनाउन सकिन्छ । प्रेम र यौनसम्बन्धमा आफैंले पनि एकपटक गम्भीर भएर चिन्तन गरे अघि बढ्ने कि नबढ्ने भन्ने परिपक्व निर्णय गर्न मद्दत पुग्नेछ । तपाईंले यौनकर्मीकहाँ जानु एकातिर समस्या हो भन्ने बुझ्नुभएको छ भने अर्कातिर जान पनि छोड्नुभएको छैन, जसअनुसार तपाईं उल्झनमा हुनुहुन्छ भन्ने प्रस्ट बुझिन्छ । अब चर्चा गरौं, यो विषयलाई लिएर गरिएका केही अध्ययनको ।

अमेरिकामा १५ वर्ष लामो समय लगाएर गरिएको अध्ययनअनुसार पुरुषहरू जो यौनकर्मीकहाँ जान्छन् उनीहरूले पैसा तिरेपछि क्षणिक भए पनि यौनकर्मीले पूर्णरूपमा माया गरेको, हेरविचार गरेको र आफूप्रति समर्पित भएको महसुस गराउँछन् भन्ने सोच्छन् । उनीहरूले यौनकर्मीसँगको सम्पर्कले कुनै जिम्मेवारी वहन गर्नु नपर्ने, आत्मीयताका कारण पुग्ने चोटको सामना गर्नु नपर्ने, खुसी दिने कुरामा सोच्नु नपर्ने जस्ता कुरा उल्लेख गरेका छन्, तर यस्तो सोच भए पनि केही पुरुष जसले सामाजिक एवं सांस्कृतिक मूल्य–मान्यतालाई विशेष प्राथमिकता दिन्छन् उनीहरूले समाजले अस्वीकार गरेको गतिविधि आफूले गरेको भन्दै ग्लानि महसुस गर्छन् ।

हुन सक्छ, तपाईंलाई यौनकर्मी कहाँ जानु ठीक होइन भन्ने लाग्छ तर पटक–पटक जानु हुन्छ र ग्लानि महसुस गरिरहनुभएको पो हो कि ? यदि त्यस्तो हो भने मनोविद्सँग सल्लाह लिनु उपयुक्त हुन्छ । यदि समयमा समाधान हुन सकेन भने यस्तो व्यवहारले तपाईंको दैनिक जीवनमा हानि–नोक्सानी पुर्‍याउन सक्छ । दिनहुँ लामो समयसम्म यस्ता कुरा सोचिरहँदा मनोभावनामा असर पर्न थाल्छ । किनभने लामो समयसम्म यस्तो गतिविधिमा लाग्दा यसको सीधा असर आफ्ना अन्य गतिविधिहरूमा पर्छ ।

अन्य सम्बन्ध टुट्न थाल्छन् । कार्यालयमा काम गर्ने हो भने समयमा काम पूरा गर्न नसक्ने र सिर्जनशील हुन नसक्ने समस्या सिर्जना भैसकेको हुन्छ । कामको दबाब महसुस हुन थालिसकेको हुन्छ । त्यसबाट गाली खान वा आलोचना खेप्न थालिन्छ । दैनिक उठबस, हिँडडुल, शारिरीक अभ्यास आदि गतिविधिमा असन्तुलन उत्पन्न हुन्छ । मानिसले थाहा नपाई त्यसलाई कुलत बनाइसकेको हुन्छ । यसका धेरै मनोवैज्ञानिक असर हुन्छन् । केही विज्ञले त आफ्नो सम्बन्धभन्दा बाहिरका कुनै पनि प्रकारका सेक्सजन्य गतिविधिलाई गलत नै भन्ने गरेका छन् । घरमा आफ्नो यौनसाथी छँदाछँदै यौनकर्मीप्रति निर्भर हुन थाले यसले सम्बन्धमा समस्या उत्पन्न गर्छ ।

धेरै यौनकर्मीसँगको सम्पर्कले शारीरिक एवं सामाजिक जीवनमा असर हुन सक्छ । यौनरोगहरूको संक्रमणको प्रबल सम्भावना हुन्छ र पछि पश्चात्तापको भावना सिर्जना हुन सक्छ । बाहिरबाट अरू व्यक्तिले आफ्नो मानसिकता बुझ्न नसक्दा आक्षेपको सामना गर्नुका साथै कानुनी झन्झटमा पर्न सकिन्छ । त्यसैले यौनसम्पर्क बाहेकका मनोरञ्जनका माध्यममा समय बिताउने वा अन्य मनोरञ्जक गतिविधिमा सहभागी हुने बानी बसाले यौनकर्मीकहाँ जाने बानी परिवर्तन हुँदै जान्छ । आफ्नो स्थायी यौनसाथीको संगतमा रहँदा पनि यस्ता बानीमा कटौती हुन्छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger