Latest Updates :

प्रति खेल 1 करोड लियर आफ्नो टिमलाइ हराएको कप्तान सागरले स्वीकारे नेपाली खेलाडीको चर्तिकला पर्दा फास

SHARE THIS POST :
कप्तान सागरकै निर्देशनमा ८ खेलमा ‘म्याच फिक्सिङ’, प्रतिखेल १ करोडसम्म लि खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहितका चार खेलाडीले म्याच फिक्सिङको आरोप स्वीकार गरेका छन् ।अनुसन्धानका क्रममा आफूहरूमाथि लागेको आरोप उनीहरूले स्वीकार गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।
खेलाडीहरू पक्राउ परेपछि गएरातिदेखिनै अनुसन्धान गर्दा उनीहरूले भावुक हुँदै अन्जानमा गल्ती गरेको र अहिले आफूहरूलाई पश्चाताप भइरहेको बताएको खनालले बताए । खनालका अनुसार अधिंकाश खेलमा कप्तान थापाको निर्देशनमा मिलेमतो भएको पाइएको छ । उनीहरूले सन् २००८ देखि २०१५ सम्मका ८ वटा खेलमा मिलेमतो गरेको र प्रतिखेल एक करोड रुपैयाँसम्म लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले सन् २००८ मा भएको मर्डेका कपमा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल्ने सर्तमा प्रतिखेलाडीले ५ हजार अमेरिकी डलर लिएका थिए । सन् २००९ को साफ च्याम्पियनसीपमा जम्मा तीन हजार ६१ अमेरिकी डलर लिई दामासाहीले बाँडेको, सन् २०११ मा मलेसियासँगको मैत्रीपूर्ण खेलमा २–० ले खेल हार्ने सर्तमा  प्रतिखेलाडी पाँच हजार अमेरिकी डलर लिएको अनुसन्धानका क्रममा खुलेको खुल्न आएको जनाएको छ ।सन् २०११ मा फिलिपिन्ससँग भएको मैत्रीपुर्ण खेलमा प्रति खेलाडी ५ हजार डलर लिएका थिए । २०१२ मा भारतमा भएको नेहरू कप अन्तर्गत क्यामरुनसँग ४–० ले हार्ने सर्तमा प्रति खेलाडी ५ हजार डलर लिने सहमति भए पनि खेलको अन्ततिर गोल किपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा ५–० ले हारेपछि रकम नपाएको  खुल्न आएको प्रहरीले जनाएको छ ।

खेल मिलेमतो गरेवापत  सिङ्गापुरका नागरिक टिटानी पेरियासामी र केशभन पत्तनसमेतका एजेन्टबाट अन्जन के.सी. र रितेश थापाले विभिन्न देशहरूबाट मनी ट्रान्सफरमार्फत रकम लिने गरेको अनुसन्धानका क्रममा खुल्न आएको छ । प्रहरीका अनुसार हिरासतमा रहेका फुटबलका राष्ट्रिय खेलाडी एवम् प्रशिक्षकलाई राष्ट्रियता दाउपेज गरेर मुलुकलाई हरूवा बनाउनेविरुद्ध राजद्रोह र सङ्गठित अपराधको मुद्दा चलाइनेछ

।घटस्थापनादेखिनै अदालत बन्द भएकाले उनीहरूविरुद्ध दशैं बिदा सकिएलगत्तै मुद्दा दायर गरिनेछ । उनीहरूलाई राज्यविरुद्धको अपराधको दफा ३ को उपदफा ३.३ मा रहेको प्रावधानअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो ।

सो दफामा ‘कसैले नेपालको सार्वभौम सत्ता, अखण्डता वा राष्ट्रिय एकतामा आघात पर्न सक्ने गरी कुनै विदेशी राज्य वा सङ्गठित शक्तिसँग मिली कुनै प्रकारको षड्यन्त्र गरेमा  निजलाई जन्मकैद वा दश वर्षसम्म कैद’ हुने कानुनी व्यवस्था रहेको उल्लेख छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger