Latest Updates :

चीन बाट एक हजार मेट्रिकटन तेल नेपाल आइ पुग्दै, भारतको हावा खुस्किने भो !

SHARE THIS POST :
 ७ कात्तिक, काठमाडौं ।
भारतले अघोषित नाकाबन्दी गरिरहेका बेला चीनले नेपाललाई एकहजार मेटि्रक टन तेल उपलब्ध गराउने भएको छ । उच्च सरकारी स्रोतका अनुसार यो तेल रसुवाको केरुङ नाकाबाट केहीदिनमा नेपाल भित्रने छ । नेपालमा घोषणा भएको नयाँ संविधानलाई लिएर असन्तुष्ट भएको दक्षिणी छिमेकी भारतले एक महिनादेखि अघोषित नाकाबन्दी गरेर इन्धन, ग्यास लगायतका अत्यावश्यक सामग्री रोक्दै आएको छ ।

जसका कारण दसैं जस्तो नेपालीको महान चाडमा समेत आवागमन सहित नेपालीको जनजीवन कष्टकर बनेपछि सरकारले चीनबाट इन्धन आपूर्तिको पहल चालेको थियो । इन्धन आपूर्तिको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, आपूर्तिमन्त्री गणेश पुन, नेपालका लागि चिनियाँ राजदूत उ चिन्ताई र चीनका लागि नेपाली राजदुत महेश मास्के सहितको टोलीबीच पटकपटक उच्चस्तरीय छलफल भएको थियो । बालुवाटार निकट स्रोतका अनुसार छलफलमा चीनले सहुलियत सहयोगमा तत्काल १० हजार मेटि्रकटन तेल उपलब्ध गराउने सहमति भएको छ । स्रोतले भन्यो-‘दुई चार दिनमा नै केरुङ नाकाबाट चीनबाट तेल नेपाल भित्रने छ । ‘

व्यवसायीक रुपमा नै चीनबाट इन्धन आपूर्ति गर्न सरकारले शनिबार नै चीनलाई औपचारिक पत्र समेत पठाएको छ । इन्धन आपूर्तिमा अहिलेसम्म भारतमा निर्भर रहेको नेपालले पहिलो पटक छिमेकी चीनबाट तेल ल्याउन आटेको हो । स्रोतका अनुसार सरकारले चीनलाई पठाएको पत्रमा नेपालको अहिलेको राष्ट्रिय आवश्यकतालाई हेरेर पेट्रोलियम पदार्थको आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरिएको छ । साथै चिनियाँ आयल कर्पोरेसन र नेपाल आयल निगमबीच इन्धन आपूर्तिका लागि व्यवसायिक सम्झौताको वातावरण बनाउन पनि आग्रह गरिएको छ । स्रोतका अनुसार चिनियाँ आयल कर्पोरेसन र नेपाल आयल निगमबीच इन्धन आपूर्तिको व्यवसयीक सम्झौताको तयारी गर्न आइतबार नै नेपालबाट एक उच्चस्तरीय टोली बेइजिङ प्रस्थान गर्ने तयारी भइरहेको छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger