Latest Updates :

सुश्री सुरविना हट देखि सामान्य सम्म नचले पछी अब के गर्छिन ?

SHARE THIS POST :
फिल्मी करिअरमा सफलता पाउन फेसबुकमा तस्बिर अपलोड गरे जस्तो छैन भन्ने अभिनेत्री सुरविना कार्कीले बल्ल वुझिन् होला । निरन्तर ३ फिल्मले असफलताको स्वाद चाखेपछि उनको फिल्मी करिअर पनि गन्तव्य विनाको यात्रा जस्तै भएको छ ।पहिलो फिल्म झेलीमा सकेको बोल्ड बनेर सुरविनाले धुम मच्चाउने कोशिश गरिन् । तर, यो फिल्ममा उनको जवानी टिकेन । दोश्रो फिल्म नाइकेमा त अभिनेता आर्यन सिग्देलसँग नै उनको जोडी वाधिएको थियो । तर, नाइके पनि चलेन । फिल्म नचलेपछि सुरविना कार्की कसरी चल्थिन् ।तेश्रो फिल्म सुश्रीमा पनि उनी अभिनेता आर्यन सिग्देलसँग नै देखिइन् । तर, दसैंमा प्रदर्शनमा आएको यो फिल्म हेर्न दर्शक आएनन् ।

सुश्रीको व्यापार सवैभन्दा कमजोर देखियो । फिल्मको असफलताले आर्यनलाई त घाटा लाग्यो नै, सुरविनाले पनि दैनिकजसो फेसबुकमा गरेको प्रचारको कुनै फाइदा भएन । फेसबुकमा त उनले आफ्नो नाम नै चेन्ज गरेर सुश्री सुरविना राखेकी थिइन् ।अभिनेत्री कार्कीलाई नेपाली फिल्म क्षेत्र फाप्न सकेको छैन । फिल्म सफल नभएसम्म कलाकार सफल हुँदैनन् । यसैले पनि अब यी हट सुन्दरीले के गर्लिन् ?
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger