Latest Updates :

छिटो झर्छ भनेर तनाबमा हुनु हुन्छ यो उपाय अपनाएमा शिघ्रपतनको समस्या समाधान हुन्छ

SHARE THIS POST :
शिघ्रपतनको बिषयमा डाक्टर खेम कार्कीको भनाई यस्तो छ ।
यौनसम्पर्क गरेलगत्तै वा गर्नुभन्दा पहिला नै वीर्य स्खलन भएमा त्यसलाई शिघ्रपतन भनिन्छ । यसको ९५ प्रतिशत कारण भनेको मानसिक समस्या हो । यौनसम्पर्क गर्दा के हुने होला ?, मैले सन्तुष्टि दिन सकिन भने के हुने होला ?, मेरो छिट्टै वीर्यस्खलन भईहाल्छ होला, बच्च पेटमा आएमा के गर्ने होला भन्ने खालको सानोसानो कुराहरुले पनि शिघ्रपतनलाई सघाईराखेको हुन्छ । सबैभन्दा पहिलो कुरा मानसिक रुपमा चिन्ता नगर्ने, दुईजना यौनसाथीहरुबीचमा सहज ढङ्गले यौनसम्बन्धी कुराहरु गरेमा मात्र यसको समाधान केही सहजता आउनसक्छ । अर्को बुझ्नैपर्ने कुरा के हो भने पहिलोपटक यौनसम्पर्क गर्दा सबैलाई शिघ्रपतन हुन्छ । तर शिघ्रपतनको समस्या यौनसम्पर्क गर्दै जाँदा बिस्तारै ठिक हुदैँ जान्छ ।

त्यसकारण ९५ प्रतिशत कारण मानसिक समस्या नै हो अरु ५ प्रतिशत कारण भनेको संक्रमण वा अन्य कुनै समस्याले गर्दा पनि हुनसक्ने संभावना हुन्छ । लामो समयसम्म हस्तमैथुन नगरेको, लामोसमयसम्म यौनसम्पर्क नगरेको तर यौनसम्पर्क गर्न मन लागेको ब्यक्तिलाई पनि शिघ्रस्खलनको समस्या आउन सक्छ । यसलाई कम गर्नको लागी हस्तमैथुन गर्न सकिन्छ, त्यसैगरि अर्को उपाय भनेको यौनसाथीले गर्ने सहयोग हो । यौनसम्पर्क गदैजाँदा जव स्खलन हुन लाग्छ तव योनीबाट लिङ्ग निकालेर यौनसाथीले लिङ्गलाई च्याप्प समात्ने, एकछिन समातेपछि फेरी यौनसम्पर्क गर्ने, यो उपायलाई यौनसम्पर्क गर्दा अपनाउँदै गएमा बिस्तारै शिघ्रस्खलनको समस्या घटेर जान्छ । तर सबैकुराको पछाडी मानसिक समस्या नै हो । मानसिक तनावबाट मुक्त रहनुभयो भने शिघ्रपतनको समस्या बिस्तारै समाधान हुदैँ जानेछ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger