9 मंसिर, 2072
सुनसरी, मंसिर ९ । भारतीय सुरक्षा बल एसएसबीका जबानहरुले गोली चलाउंदा सुनसरीमा आज(बुधबार) चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा हरिपुर गाविसका असोक यादव, नरेस यादव,
मनोज यादव र सरोज यादव रहेका छन् ।असोकको पेटमा गोली लागेको छ भने अन्यको ढाड र शरीरका बिभिन्न भागमा गोलीका छर्रा लागेको छ । घाइते सबैको बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
नेपाल–भारत सीमास्थित भण्टाबारीमा भारतीय जवानले नेपाल प्रवेश गरेर स्थानीयमाथि अन्धाधुन्ध गोली चलाएका हुन् ।भारतीय बजार बीरपुरमा गएर पेट्रोल र डिजल बोकेर नेपाल आएका उनिहरुमाथि नेपाली भूमी मै बसेर गोली प्रहार भएकाप्रहरीले जनाएको छ । घटनाबारे नेपाल प्रशासनले भने कुनै प्रतिकृया जनाएको छैन
।
